फूलमानको इन्द्रेणी गीत यसरी बन्यो सर्वोत्कृष्ट

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७५’ मा काभ्रेपलाञ्चोकका कवि फूलमान बलको कविता ‘इन्द्रेणी गीत’ प्रथम भएको छ । महोत्सवमा धादिङकी कवि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ कविता दोस्रो भएको छ । मोरङकी कवि मेनुका चापागाईं, तेह्रथुमकी एलिना दुलाल र रामेछापका जीवन खत्री संयुक्त रूपमा तेस्रो भएका छन् ।

वरिष्ठ कवि बैरागी काइँलाले कविता वाचन गरेर सुरु भएको कार्यक्रममा २ सय २९ कविताबाट छानिएर आएका ३६ जना कविले अन्तिम प्रतिस्पर्धीका रूपमा कविता वाचन गरेका थिए । डा. हेमनाथ पौडेल, प्रा.डा. गोपीन्द्र पौडेल, प्रा. जगत प्रेक्षित, कृष्ण प्रधान, मञ्जु काँचुलीको निर्णायक समितिले ३६ कविताबाट पाँच कवितालाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा संस्कृतिमन्त्री रविन्द्र अधिकारी तथा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मन्तव्य राखेका थिए । पुरस्कृत कविलाई एक विशेष समारोहका बीच राष्ट्रपतिको हातबाट पुरस्कृत गरिनेछ ।

Loading...