दुबर्इमा विशेष समारोह आयोजना गरी वितरण गरियो हेटौडा पत्रकारिता पुरस्कार

युएई, ११ असार । हेटौंडा जर्नालिजम अवार्ड २०७५ दुवईमा वितरण गरिएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा यूएर्इकाे बर दुवईमा उक्त पुरस्कारहरु वितरण गरिएकाे हाे । दुवर्इमा विशेष कार्यक्रम अायाेजना गरी मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको एकेडेमीका अध्यक्ष मणिराज गाैतमले दिएका छन् ।

२०७४ सालभर गरिएको पत्रकारितालाई आधार मानेर अवार्ड वितरण गरिएको हो । उत्कृष्ट सम्पादक वर्ष अवार्ड वरिष्ठ पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष शर्मा नयाँ प्रकाश साप्ताहिकका सम्पादक हुन् ।

त्यसैगरी, उत्कृष्ट पत्रकारिता वर्ष अवार्ड गणेश दर्पण अधिकारीले पाएका छन् भने खोजी तथा चुनौतिपूर्ण पत्रकारिता वर्ष अवार्ड शिवकुमार रिजाल काशीले पाएका छन् ।

वर्षभरी रेडियो तथा टेलिभिजनमा समाचार तथा सूचनामूलक कार्यक्रम प्रस्तुतकर्तालाई दिइने प्रस्तोता वर्ष अवार्ड पोष्टराज अधिकारी कुमार, सामाजिक पत्रकारिता वर्ष अवार्ड सुवास बिडारीलाई प्रदान गरिएको छ ।

संचार उद्यमी वर्ष अवार्ड हेटौंडा सन्देश राष्टिय दैनिकका प्रकाशक माधव न्यौपानेलाई, चलचित्र पत्रकारिता वर्ष अवार्ड कृष्ण सारु मगरलाई तथा बजार व्यवस्थापक वर्ष अवार्ड गोकुल अधिकारीलाई प्रदान गरिएको थियो ।

सोही समारोहमा तु खबर अनलाइनका प्रधान सम्पादक गिरिजाप्रसाद अधिकारी र नेपाल पत्रकार महासंघ युएई शाखालाई सम्मान गरिएको थियो । यस्तै, हेटौंडाका व्यवसायी विद्युत बज्राचार्य तथा उत्सव इटेनीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत सागर फुँयाल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पाेषण केसी र निवर्तमान सचिव प्रभात चलाउने लगायतले अवार्ड प्रदान गरेका थिए ।

अवार्ड कार्यकमकै क्रममा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका संगीतकार तथा गायक टंक बुढाथोकी, बालगायक अशोक दर्जी, अञ्जन दाहाललगायतले आआफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

त्यसक्रममा पारस लामा, दीपक गुरुङ, रेविका थापा मगर, ॠषिलाल श्रेष्ठलगायत युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न ८ विधामा अर्वाड प्रदान गरिएको थियो । सो अवार्ड राममणि दाहाल, दीपक अधिकारी र रुपेश दुलाल रहेको तीन सदस्यीय जुरीले चयन गरेको थियो ।

Loading...