साइरन बजाउँदै सडक हिड्ने एम्बुलेन्सका चालक धमाधम मापसे कारवाहीमा

काठमाडौं, १२ असार । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे ।

तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा टाढैबाट मापसेको गन्ध आयो । एम्बुलेन्सका चालक हितमान थामी रहेछन् ।

प्रहरीले चालकलाई एम्बुलेन्सबाट ओरालेर जाँच ग(यो । मापसे गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइयो । पछि उनलाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरियो ।

केही महिनाअघि महाराजगन्जमा पनि ना २ च ३६८३ नम्बरको एम्बुलेन्सका चालक यज्ञबहादुर गुभाजू मापसे कारबाहीमा समातिए ।

Loading...