जापान बाट ग्लोबल रारामार्टको संचालन गरिदै

नेपाली यूवाहरुको एक समुहले जापान बाट ‘ग्लोबल रारामार्ट’ नामको एक अनलाईन शपिङ ब्यापारको शुरुवात गरेको छ।

अमेजन साइट जस्तै रारामार्ट पनि अनलाईन शपिङ प्लेट्फर्म हो।यस ग्लोबल रारामार्ट मार्फत पनि अमेजन ,राकुतेन अनलाईन शपिङ जस्तै आफुलाई चाहिएको सामानहरु घरमै बसेर किन्न सकिनेछ । रारामार्टमा जापानमै उच्च शिक्षा पुरा गरेका केही बौद्धिक यूवाहरुको समुह सक्रिय छ।

झण्डै एक बर्षको ब्यवसायिक अध्ययन गरेर जापानमै कम्पनी दर्ता गरी रारामार्ट संचालनमा ल्याइएको कम्पनिका संचालक मध्येका एक डा:भरतसिंह नेगीले बताए ।

दुई महिना अघि काठमान्डौ बाट पनि शुरु भईसकेको यो ब्यवसायलाई विश्वभर ग्लोबल ब्रान्डका रुपमा लैजाने योजना रहेको पनि नेगीले जानकारी गराए ।

जापानमा पनि रारामार्टले केही दिनमै आफ्नो ब्यवसायको शुरुवातको तयारी गरिरहेको छ । जापानमा शुरुवात पछि भारत, कोरिया, कतार, दुबइ र अमेरिकामा पनि रारामार्टको संजाल बिस्तार गरिने तयारी भईरहेको पनि नेगीले बताए ।

कम्पनी बिस्तारका लागि सेमिनारहरुको संचालन गरिनुका साथै लगानी कर्तालाई खुल्ला गरिनेछ ।यस कम्पनिमा डा : भरतसिंह नेगी ,डा:जीवन आम्गाइ र प्रकाशचन्द्र सापकोटा मुख्य संचालक हुन।

बिदेशमा बस्ने नेपालीहरुले बिदेशमै रकम बुझाई स्वदेशमा आफ्ना आफन्तहरुलाई आवश्यक सामान यस कम्पनी मार्फत किनेर घर सम्म पुर्याउन सक्नेछन ।

Loading...