असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

मुगु । 

नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ ।

जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै जनतालाई त्यसविरुद्ध लाग्न अपील गर्ने बताइएको छ ।

जनसभालाई पार्टीका केन्द्रीय नेतासँगै जिल्लाका प्रमुख नेताहरु सम्बोधन गर्ने नेकपा मुगुले जनाएको छ ।

२०७५ असार ११ मा प्रकाशित ।

Loading...