विश्वकपबाट पोल्याण्ड बाहिरियो, कोलम्बियाको सम्भावना जिवितै

काठमाडौं ।

युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो ।

पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ । आइतबार नै भएको खेलमा २–२ गोलको बराबरी खेलेका सेनेगल र जापानको ४–४ अंक छ । समूहको अन्तिम खेलमा जापानले पोल्याण्डसँग खेल्नेछ भने सेनेगलले कोलम्बियासँग खेल्नेछ ।

पोल्याण्डसँगको खेलको ४० औं मिनेटमा यरी मिनाको हेड गोलमार्फत कोलम्बिया अग्रता लियो । यस्तै, ७० औं मिनेटमा रामाडेल फाल्काओले र ७५ औं मिनेटमा जुहान कुवाड्राडोले गोल गरे । जेम्स रोड्रिग्वेजले गोल गर्न नसकेपनि २ गोलका लागि पास उपलब्ध गराएका थिए ।

२०७५ असार ११ मा प्रकाशित 

Loading...