गल्कोट समाज जापानको पाचौ अधिबेशन टोकियोमा हुदै

गल्कोट समाज जापानको पाचौ अधिबेशन जुलाई ३१ तारिख दिनको १ बजे देखि टोकियोमा हुने भएको छ ।

यस अघि बसेको अन्तिम बैठकले अधिबेशनको मिति र स्थान तय गर्दै आगामी पाचौ अधिबेशनमा उपस्थित हुन् सम्पूर्ण गल्कोटे जापानबासि दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ ।

टोकियोको सिनओकुबो स्थित टोकियो रोधी क्लबको पछाडी रहेको Laboratory Okubo Hall Earls Art Court (〒169-0072 Tokyo, Shinjuku, Okubo, 1 Chome−9−10) मा आगामी अधिबेशन हुने भएको छ ।

समाजका अध्यक्ष नर ब. थापाका अनुसार निबर्तमान अध्यक्ष हर्क थापाको संयोजकत्वमा निर्बाचन समिति बनिसकेको र अधिबेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मा निर्बाचन समितिमा गैसकेको बताउनु भएको छ । उक्त अधिबेशन सम्पन्न गर्न बिधान अध्ययन समिति र अधिबेशन ब्यबस्थापन समिति समेत बनेको छ ।

“बिगत स्थापना कालदेखि सामाजिक काममा (नेपाल होस् या जापान) हरेक क्षेत्रमा अग्र स्थानमा आफ्नो सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना काल (२००६) देखि यहाँ सम्म आउदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारी NPO दर्ता गर्दै सामाजिक काममा सक्रिय रहीआएको छ, यसलाई अझ उचाईमा पुराउन अझ पछिको पुस्ताको उत्तिकै सक्रिय भूमिका र हात हुनेभएको ले बिभिन्न क्षेत्रमा जापानमा रही हाम्रो ब्यबसाय, कार्य, अध्ययन गर्दै आउनु भएका सम्पूर्ण गल्कोटे दाजुभाइ तथा दिदीबहिनीलाई उक्त अधिबेशनमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु” अध्यक्ष थापाले भन्नुभयो ।

अधिवेशनले दुई बर्षे कार्यसमितिको (२०१८ -२०२० ) लागि निर्वाचन पनि गर्नेछ ।२००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुंगको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरुको एक साझा संस्था हो ।

Loading...