भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर ।

सानोठिमीमा शुक्रबार बिहान ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ।

बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ग्वार्कोस्थित बी.एण्ड.बी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

२०७५ जेठ ८ मा प्रकाशित 

Loading...