इंग्ल्याण्ड, स्वीडेन र बेल्जियम पहिलाे खेलमा विजयी

काठमाडाैं । रसिया विश्वकपमा साेमवार भएका खेलमा बेल्जियम, इंग्ल्याण्ड र स्वीडेन विजयी भएका छन् । बेल्जियमले पानामालार्इ, स्वीडेनले दक्षिण काेरियालार्इ र इंग्ल्याण्डले ट्यूनिसियालार्इ पराजित गर्दै पहिलाे खेलमा जित दर्ता गरेका हुन् ।

सोमबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालार्इ २-१ ले पराजित गरेकाे हाे । निर्धारित समयमा १-१ को बराबरीमा रहेकाे खेलमा थपिएकाे अतिरिक्त समयमा इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले ९१अौं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा विजयी सुरुवात दिलाएका हुन्।

केनले नै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। खेलको ११अौं मिनेटमा जोन स्टोन्सको हेडर ट्युनिसियाका गोलकिपर माउज हसनको हातमा फर्केको बलमा केनले गोल गरेका थिए।

फाखरिदिन बिन युसुफलार्इ इंग्लाण्डका कायल वाल्करले लडाएपछि पाएको पेनाल्टीमा ट्युनिसियाले ३५अौं मिनेटमा बराबरी गोल फर्काएको थियो। तर केनले खेलको अतिरिक्त समयमा हेडर गोल गर्दै २००६ यता पहिलोपटक ठूलो प्रतियोगिताको सुरुवाती खेलमा इंग्ल्याण्डलार्इ जित दिलाए।

२००६ मा स्वीडेनसँग २-२ को बराबरी खेलेयता इंग्ल्याण्डले पहिलो चोटी विश्वकपका खेलमा १ भन्दा बढी गोल गरेको हो। अफ्रिकन राष्ट्रसँग भएका सातौंवटा भिडन्तमा इंग्ल्याण्ड अपराजित भएको छ।

ह्यारि केनले पछिल्ला ४ गोलमा इंग्ल्याण्डका लागि लगातार गोल गरेका छन। इंग्ल्याण्डका लागि २५ खेल खेलेका उनले १५ गोल गरिसकेका छन।

ट्युनिसियाले भने पछिल्ला विश्वकपका १२ खेलमा जित हात पार्न सकेको छैन। १९७८ मा विश्वकपमा पहिलो खेल जितेयता उसले ८ खेलमा पराजय भोगेको छ भने ४ खेलमा हार बेहोरेको छ।

६० वर्षपछि उद्घघाटन खेलमा स्वीडेन विजयी

त्यसैगरी विश्वकपमा ६० वर्षको लामो प्रतिक्षापछि स्वीडेनले उद्घाटन खेलमा जित हात पारेको छ। भर्खरै सम्पन्न विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण कोरियालार्इ १–०ले पराजित गर्दै स्वीडेनले ६ दशकपछि उद्घाटन खेल जितेको हो।

पछिल्लोपटक १९५८ मा स्वीडेनले उद्घाटन खेलमा मेक्सिकोलाई पराजित गरेयता कुनैपनि उद्घाटन खेल जित्न सकेको थिएन। आफै आयोजक रहेको उक्तविश्वकपमा स्वीडेनले मेक्सिकोलाई ३–१ गोलअन्तरले पराजित गरेपछि सुरुवाती खेलमा जित हात पारेको अाज पहिलो पटक हो। यसअघिका ७ विश्वकपका उद्घाटन खेलमा ५ मा बराबरी र २ मा स्वीडेनले हार बेहोरेको थियो।

स्वीडेनले दक्षिण कोरियालाई पेनाल्टीमा निराश बनाएको थियो। ६२औं मिनेटमा किममिन उले स्वीडेनका भिक्टोर क्लासनलाई डी बक्समा लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री(भार)को सहायतामा पाएको पेनाल्टीमा आन्द्रेस ग्रानक्युभिस्टले निर्णायक गोल गरेका थिए।

कमजाेर पानामामाथि वेल्जियकाे ३ गाेल

रामेलु लुकाकुको दुर्इ गोल मदतमा बेल्जियमले विश्वकपमा डेब्यू गरेको पानामामाथि सहज जित हात पारेको छ। योसँगै बेल्जियम पछिल्ला २० खेलमा अपराजित छ।

पहिलो हाफमा गोलरहित बराबरी भएपनि दोस्रो हाफमा लुकाकुसँगै बेल्जियमको जितमा डेरिस मार्टिन्सले एक गोल गरेका थिए।

दोस्रो हाफको सुरुवातमै सन्दर भली गर्दै मार्टिन्सले गरेको प्रहार विपक्षी गोर रक्षकले जेम्मी पेनेडोले रोक्ने कुनै मौका पाएनन्। ६९अौं मिनेटमा हेडर मार्फत लुकाकुले दोस्रो गोल थपे।

त्यसको छ मिनेट नवित्दै इडन हाजार्डको पासमा उनले तेस्रो गोल थपे। दुर्इ गोलसँगै विश्वकप युरोकप जस्ता ठूला प्रतियोगितामा बेल्जियमका लागि सर्बाधिक गोल गर्ने खेलाडीको सुचीमा लुकाकु दोस्रो नम्बरमा पुगेका छन। जान सियुलिमान्सको सर्बाधिक ६ गोलपछि मार्क विलमोट र लुकाकुले यी प्रतियोगितामा ५-५ गोल गरेका छन।

पानामासँगको जितसँगै बेल्जियम भने लगातार २० खेलमा अपराजित छ। उ अन्तिम पटक २०१६ को सेप्टेम्बरमा स्पेनसँग २-० गोलले पराजित भएको थियो। त्यसयता खेलेका २० खेलमा बेल्जियमले १५ मा जित र ५ मा बराबरीको नतिजा निकाल्दै अपराजित रहेको छ।

Loading...