क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै बनाए धेरै रेकर्ड

काठमाडाैं, ३ असार । पाेर्चुगलका कप्तान क्रिस्टियानाे रोनाल्डो यतिबेला अझै चर्चाकाे शिखरमा पुगेका छन् । पहिलाे खेलमै ह्याट्रिक गरेपछि उनका फ्यानहरु खुसी छन भने उनका अालाेचक पनि उनीप्रति सहानुभूति राख्न थालेका छन् । पहिलाे खेलबाट राेनाल्डाेले ५१ अाै ह्याट्रिक पनि पूरा गरेका छन् । यससँगै उनी विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । स्पेनविरुद्धको ह्याट्रिक पूरा गर्दा उनी ३३ वर्ष १ सय ३० दिनका थिए । यसअघि नेदरल्यान्डका रोव रेनसेनव्रिन्कको नाममा सो रेकर्ड थियो ।

रोवले १९७८ को संस्करणमा इरानविरुद्ध ह्याट्रिक लगाउँदा ३० वर्ष ३ सय ३५ दिनका थिए । रोनाल्डोले शुक्रबार गरेको ह्याट्रिक विश्वकपको इतिहासकै ५१औँ ह्याट्रिक हो । विश्वकपको पहिलो संस्करणमै पहिलो ह्याट्रिक बनेको थियो ।

रोनाल्डो उत्कृष्ट फर्ममा रहनु र नहुनुको अर्थ बेग्लै हुन्छ । जब उनी फर्ममा हुन्छन्, आफ्नो अगाडि बलिया प्रतिद्वन्द्वीका डिफेन्स सहजै तोडिरहेका हुन्छन् । उनी खराब फर्ममा रहँदा अति नै कमजोर टोलीविरुद्ध सहज गोल अवसर पनि गुमाउँछन् । रोनाल्डोले पुनः एकपटक आफू विश्वकप फुटबलमा वर्तमान समयकै उत्कृष्ट स्ट्राइकर रहेको प्रमाणित गरेका छन् ।

समूह बीको खेलमा हारनजिक पुगेको पोर्चुगललाई रोनाल्डोले सञ्जीवनी बुटी दिलाउँदै एक अंक दिलाए । यति मात्र होइन, रोनाल्डोले स्पेनजस्तो पूर्वविश्वकप र दुईपटकको युरोकप च्याम्पियन टोलीविरुद्ध ह्याट्रिकसमेत लगाए । त्यो ह्याट्रिक उनको करिअरकै ५१औँ रह्यो ।

रोनाल्डोको ह्याट्रिकको मद्दतमा सन् २०१६ को युरोकप विजेता पोर्चुगलले स्पेनलाई ३–३को बराबरीमा रोक्न सफल भयो । खेलको ८८औँ मिनेटमा रोनाल्डोले २२ यार्ड टाढाबाट पहिलो बारमा सनसनी फ्रिकिक गोल गर्दा स्पेनका गोलरक्षक डेभिड डी जियाले मेसो नै पाउन सकेनन् ।

रोनाल्डोले सन् २००४मा पोर्चुगलले नै आयोजना गरेको युरोकपमा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । त्यसवेला पोर्चुगलका प्ले मेकर लुइस फिगोको प्रदर्शनमा रोनाल्डो छायामा परे ।

फिगोको सन्न्यासपछि पोर्चुगल फुटबलमा रोनाल्डोले एकछत्र राज गरिरहेका छन् । यद्यपि, ३३ वर्ष भए पनि रोनाल्डोले गोल गर्न छाडेका छैनन् । विश्वकपको चार संस्करणमा गोल गर्ने रोनाल्डो चौथो खेलाडी बनेका छन् ।

रोनाल्डोले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकप संस्करणमा गोल गर्न सफल रहे । विश्वकपमा पेले, सेलेर तथा मिरोस्लाभ क्लोजले पनि चारवटा विश्वकपमा गोल गरेका छन् । रोनाल्डोले १ सय ५१ खेलमा ८१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले विश्वकपमा आफ्नो व्यक्तिगत पहिलो ह्याट्रिक लगाउन पाउँदा फरक अनुभव गरेको बताएका छन् । ‘स्पेनसँगको प्रतिस्पर्धा स्मरणीय छ, मैले विश्वकपमा ह्याट्रिक लगाएँ,’ रोनाल्डो भन्छन्, ‘कठिन अवस्थामा गोल गर्नुका साथै ह्याट्रिक गर्नुको मजा फरक हुँदो रहेछ ।’ विश्व फुटबलकै बलियो राष्ट्रसँग त्यही स्तरमा प्रतिस्पर्धा गर्नु कठिन रहेको उनको भनाइ छ । ‘स्पेन विश्वकप दाबेदार राष्ट्र हो, यो नतिजा सोचेजस्तो हो,’ उनले भने ।

पोर्चुगलले स्पेनविरुद्ध दुईपटक अग्रता लिएको थियो । दुवैपटक अग्रता रक्षा गर्न नसक्दा खेलमा ३–२ले पछि प-यो । चौथो मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गरे । नाचोले रोनाल्डोलाई लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

डिएगो कोस्टाले कोस्टाले २४औँ मिनेटमा १–१ को बराबरीमा स्पेनलाई पु-याए । रोनाल्डेले ४४औँ मिनेटमा पोर्चुगलका लागि २–१ को अग्रता दिलाए । ५५औँ मिनेटमा कोस्टाले स्पेनलाई २–२ को बराबरीमा पु-याए ।

खेलको ५८औँ मिनेटमा नाचोले स्पेनलाई ३–२ को अग्रता दिलाए । स्पेनले विश्वकप इतिहासमा पछिल्लो १३ समूहचरणको पहिलो खेलमा दुई खेलमा मात्र जित निकालेको छ ।

Loading...