मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिनामाथि व्यापक आलोचना

पेनाल्टीमा चुकेपछि के भने मेसीले

काठमाडाैं । विश्वकप विजेताकाे दावी गरिएकाे अर्जेन्टिना पहिलाे खेलमा बराबरीमा राेकिएकाे छ । विश्वकपमा निकै चर्चामा अाउने गरेका दुर्इ खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे मध्ये दुबै जनाले पहिलाे खेलमा बराबरी गरे । तर, दुर्इ जनाकाे चर्चामा भने उल्टाे भयाे । दुबै जनाकाे व्यक्तिगत प्रदर्शन पनि फरक रह्याे । पाेर्चुगलकाे कप्तान बनेका राेनाल्डाेले ह्याट्रिक गर्दै व्यक्तिगत प्रदर्शन उत्कृष्ट बनाएर विश्वकप विजेता बनिसकेकाे बलियाे टाेली स्पेनसँग ३-३ काे बराबरी गरे । अर्जेन्टिनाका कप्तान रहेका मेसीले पटक पटक पाएका फ्री किक र पेनाल्टी अवसरलार्इ समेत गाेलमा परिणत गर्न नसकेर पहिलाे पटक विश्वकपमा पुगेकाे अाइसल्याण्डसँग १-१ काे बराबरीमा राेकिए । विश्वकपमा मेसीकै कारण अर्जेेन्टिनाकाे पक्षमा उभिएका फ्यानहरुले सामाजिक सञ्जालमा व्यापक अालाेचना सुरु गरेका छन् ।

रुसमा भएको पहिलो खेलमा समूह डी को अर्जेन्टिना पहिलो पटक विश्वकप खेलेको आइसल्याण्ड बराबरीमा रोकिएपछि उसकाे विश्वकप यात्रा कमजाेरी देखिएकाे छ । खेलमा दबाब अर्जेन्टिनाको थियो । बलमा नियन्त्रण उसकै थियो । तर सानो देश आइसल्याण्डले विश्व फुटबलका महान खेलाडी रहेको टिम अर्जेन्टिनालाई ठूलो अवरोध खडा गर्यो ।

स्टार खेलाडी मेस्सीले आइसल्याण्डसँगको खेलमा पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सी चुकेका हुन् । आइसल्याण्डका खेलाडीले पेनाल्टी एरियामा लडाएपछि मेस्सीले पेनाल्टी पाएका थिए । तर उनले गोल गर्न सकेनन् ।

उनले गोल गरेको भए अर्जेन्टिनाले अग्रता लिने थियो । तर मेस्सीको पेनाल्टी प्रहार आइसल्याण्डका गोलरक्षक ह्यान्स थोर ह्यान्डोर्सनले सुन्दर बचाउ गरे ।

ह्यान्डोर्सनले यो विश्वकपको पहिलो सहभागितामै यो शताब्दीकै सर्वोत्कृष्त खेलाडीका रुपमा मान्ने गरिएका मेस्सीको पेनाल्टी प्रहार रोकेका हुन् । उनी आइसल्याण्डका अनुभवी खेलाडी हुन् ।

मेसीले पेनाल्टीमा गोल गर्न सकेको भए सायद अर्जेन्टिना विजयी हुने थियो । तर खेलको अधिकांश समय बलमा नियन्त्रण र लगातार पोस्ट प्रहार हुँदा पनि अर्जेन्टिनाले गोल गर्न सकेन ।

अर्जेन्टिनाका लागि अग्युरोले गोल गरे, त्यसको केही मिनेटपछि आइसल्याण्डका अल्फ्रेडले बराबरी गोल फर्काए । त्यसपछि खेलमा गोल हुन सकेन । मेस्सी पेनाल्टीमा चुके र फ्रि किकमा पनि गोल गर्न सकेनन् ।

मेस्सीले प्रहार गरेको पेनाल्टी आइसल्याण्डका गोल रक्षक हान्स हाल्डोर्सन (ह्यान्स थोर ह्यान्डोर्सन) ले जोगाए । खेलपछि मेस्सीले भने, ‘त्यो पेनाल्टीले खेललाई पूरै चेन्ज गर्ने थियो र चर्चा पनि । राम्रो अवसर थियो ।’

मेस्सीले अघि भने, ‘पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’ आफूहरुले पाइसकेको तीन अंक पनि लिन नसकेकोमा दुःखी रहेको उनले बताएका छन् ।

उनले भने, ‘विजयी सुरुवात जहिले पनि महत्वपूर्ण हुन्छ । तर अब हाम्रो ध्यान क्रोएसियासँगको खेलमा छ ।’

आइसल्याण्डको रणनीतिका कारण निकै कठिन भएको मेस्सीको भनाई छ । अर्जेन्टिनाका कप्तान मेस्सीले योसँगै क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला सात पेनाल्टीमा चार पेनाल्टीमा गोल गर्न सकेका छैनन् ।

उनले आइसल्याण्डसँगको खेलमा कम्तिमा १० पटक पोस्ट प्रहार गरे तर गोल गर्न सकेनन् । अर्जेन्टिनाले अब आउँदो बिहीबार क्रोएसियासँग खेल्नेछ ।

Loading...