विश्वकपसँग जोडिएका केही रोचक तथा एेतिहासिक तथ्यहरु

अाजबाट विश्व फूटबलकाे महा उत्सव फिफा विश्वकप रसियामा सुरु हुँदैछ । नेपाली समय अनुसार पाैने अाठबजे अायाेजक राष्ट्र रुस र साउदी अरेबियाबीच पहिलाे खेलसँगै विश्वकप सुरु हुनेछ । यहाँ विश्वकपसँग जाेडिएका केही एेतिहासिक तथ्यहरु राखिएकाे छ ।

१) यो २१औं विश्वकप हो।

२) यस विश्वकपको पहिलो छनौट खेल १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच खेलिएको थियो। त्यस खेलमा पूर्वी टिमोरले ५–१ को जित हात पार्यो। तर, पछि पूर्वी टिमोरले खेल्न योग्य खेलाडीहरु नखेलाएको पत्ता लगे पछि मंगोलियालाई विजेता घोषणा गरिएको थियो।

३) यसपटक विश्वकपमा ३२ राष्ट्रहरु सहभागिता जनाउँदैछन्। २०२६ बाट यो संख्या बढेर ४८ राष्ट्रमा पुग्नेछ।

४) आइसल्याण्ड र पानामा पहिलोपल्ट विश्वकप खेल्न लागेका हुन्।

५) ब्राजिल एउटामात्रै देश हो जसले हालसम्म भएका सबै विश्वकप खेलेको छ। सबैभन्दा बढी पाँचपटक उपाधि जित्ने देशपनि ब्राजिल हो।

६) ब्राजिल र इटालीले लगातार दुई विश्वकप जितेका छन्। यसपटकको विश्वकप जर्मनीले जिते उ पनि लगातार दोस्रोपटक जित्ने टोली हुनेछ। ब्राजिलले १८५८ र १९६२ तथा इटालीले १९३४ तथा १९३८ मा लगातार विश्वकप जितेको थियो। जर्मनी भने २०१४ को च्याम्पियन टोली हो।

७) जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा बढी गोल गर्ने टोली हो। २००६ मा उसले १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको थियो।

८) रुसका ओलेक साले विश्वकपको एक खेलमा सर्बाधिक गोल गर्ने खेलाडी हुन्। उनले १९९४ मा क्यामरुनविरुद्ध ५ गोल गरेका थिए।

९) २०१४ को विश्वकप झन्डै ३.२ अर्ब मानिसहरुले हेरेका थिए। जुन लगभग विश्वको आधा जनसंख्या हो।

१०) जतिपनि देशले अहिलेसम्म विश्वकप जितेका छन्, ती सबै टोलीका प्रशिक्षक तिनै देशका छन।

११) आयोजक रुस(सोभियत संघ पछि) अहिलेसम्म विश्वकपको समूह चरणसम्म पनि पुग्न सकेको थिएन्। तर, यसपटक घरेलु टोली भएकाले उसलाई कीर्तिमानी प्रदर्शन गर्ने मौका छ।

१२) २०१८ को विश्वकप नाइजेरियाको छैटौं विश्वकप हो। यतिका पटक विश्वकपमा सहभागी जनाउने उ एक्लो अफ्रिकन टोली हो।

१३) दक्षिण कोरिया १०औं पटक विश्वकप खेल्दैछ। यतिपटक विश्वकप खेल्ने एसियाली राष्ट्र उ मात्रै हो।

१४) आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो। उसको जनसंख्या ३ लाख ३४ हजार मात्रै छ।

१५) १९५८ यता पहिलो पटक इटाली यसविश्वकपमा छनोट हुन सकेन्। इटालीले १९३४, १९३८, १९८२ र २००६ गरि ४ पटक विश्वकप जितिसकेको छ।

१६) १८८६ पछि पहिलो चोटी अमेरिकाले पनि यो विश्वकपमा स्थान बनाउन सकेको छैन।

१७) पानामाका राष्ट्रपतिले आफ्नो देश विश्वकपमा छनौट भएको उपलक्ष्यमा ११ अक्टुबरमा राष्ट्रिय विदा घोषणा गरेका थिए।

Loading...