रहस्यमय ढंगले गायब ३३ किलो सुन खोज्न बाजेको सेकुवा सिलबन्दी गरियो

काठमाडौं, ३१ जेठ । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ ।

साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो । बत्तिसपुतलीस्थित सेकुवा कर्नरमा समितले शिलबन्दी गरेकाे छ । अन्य स्थानमा रहेका बाजेकाे सेकुवा कर्नरमा पनि शिलबन्दी गर्ने समितिले जनाएकाे छ ।

सञ्चालक भण्डारी भने फरार सूचिमा रहेका छन् ।

Loading...