यस्तो छ विश्वकपअघि मेसीको उत्कृष्ट र चर्चित अन्तर्वार्ताः त्यो एउटा यस्तो खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ

विश्वकप जित्नु कति चुनौतीपूर्ण र कठिन हुन्छ भन्ने हामीलार्इ थाहा छ र त हामी जित्न चाहन्छौं, अर्जेन्टिना जित्न चाहन्छ

लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए। तर, देशका लागि भने केही गर्न सकेनन्। केही अर्जेन्टेनीले सानैदेखि स्पेनमा हुर्केकाले मेस्सीलाई देशप्रति माया नभएकाेसम्म आरोप लगाउँदै आएका छन्।

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा पनि उनीमाथि त्यही अाराेप दोहोरियो। त्यसको केही अघि मात्रै कोपा अमेरिकाको फाइनलमा पराजित भएका स्मरण अर्जेन्टेनीहरुको मस्तिष्कमा ताजै थियो। विश्वकपको फाइनलमा समेत पराजित भएपछि फेरि मेस्सीमाथि देशद्रोहीका नारा घन्कियाे। ठाउँमा ठाउँमा उनकाे पुत्ला दहन भयो।

यद्यपि विश्वकपमा मेस्सीले सक्दो प्रयास गरेका थिए। त्यसैकारण गोल्डन बल समेत जिते। तर, पुरस्कार लिन जादा मेस्सीका अनुहारमा कुनै चमक थिएन। निरास मुद्रामा उनले पुरस्कार लिए र केही दिनमै अन्तरार्ष्ट्रिय फुटबलबाट शन्यास घोषणा समेत गरे। तर, त्यसबेला अर्जेन्टेनी सरकार, प्रशिक्षक तथा शुभचिन्तकको व्यापक अनुरोधपछि उनी सन्यासबारे पुन:विचार गर्न बाध्य भए।

विश्वकप २०१८ काे छनाैटमा अर्जेन्टिना धर्मराएकाे स्थितिमा देखियाे। गर या मरको स्थितिमा पुगेको अर्जेन्टिनालाई इक्वेडरविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेस्सीले विश्वकपमा पुन अाफ्नाे भूमिका सावित गरे। ३० वर्षे मेस्सीका लागि सायद रुस विश्वकप देश र आफ्नो नाममा विश्वकपको उपाधि चुम्ने अन्तिम अवसर हो। विश्वकपको अन्तिम तयारीमा रहेका मेस्सीसँग याे विश्वकपमा अर्जेन्टिना र मेस्सीको सपनाबारे गरिएको अन्तर्वार्ता:

के २०१४ मा उपविजेता बन्दाको पीडा अझैसम्म पनि बाँकी छ?

हाम्रा लागि त्यो एउटा खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ। हामी हाम्रो सपना पूरा गर्ने अन्तिम अवस्थामा थियौं। तर, यो फुटबल हो। उत्कृष्ट टोलीले पनि सधैँ जित्छ भन्ने हुदैँन। हामीले नतिजा स्वीकार्नु पर्छ र अघि बढ्नुपर्छ। त्यो विश्वकप उपाधि जाे हाम्रो होस् भन्ने चाहन्थे उनीहरू सबै रोए। म रोएँ, सबै अर्जेन्टिनी रोए। त्यो पिडा अझैँ ताजै छ।

अर्को विश्वकप नजिकै आइसक्यो। फेरि तपाईमाथि धेरै अपेक्षाहरु छन्। ती अपेक्षाहरुलाई पूरा गर्न कतिको तयार हुनुहुन्छ?

यसअघि पनि हामीले आफ्नो उत्कृष्ट प्रयास गरेका थियौं। तर, हामीले अर्जेन्टिनालाई केही दिन सकेनौं। सन् १९८६ यता विश्वकप जित्न नसकेपछि हामीमाथि अपेक्षाहरु थुप्रिनु स्वभाविक हो। अन्य अर्जेन्टेनी झै म पनि विश्वकप जित्दाको त्यो चरम खुशीको आनन्द महसुस गर्न चाहन्छु। सन् २०१४ मा प्रत्येक सदस्यले आफ्नो शतप्रतिशत प्रयास गरेका थिए तर पनि हामी उपाधि जित्नबाट चुक्याैं।

के अर्जेन्टिनाले २०१८ मा उपाधि जित्न सक्ला?

मेरो सपना पनि हामीले विश्वकप जितौं भन्ने छ। फाइनलसम्मको यात्रा तय गर्नु र फाइनल खेल्नु निकै कठिन हुन्छ। जुन हामीले २०१४ मा अनुभव पनि गरिसकेका छौं। अहिले पनि फाइनल सम्मको यात्रा २०१४ को जस्तै गर्ने हाम्रो सोच छ। तर फाइनलको नतिजा भने बदल्न चाहान्छौं। हामी यसपटक विश्वकप उचाल्न चाहान्छौं। यो हाम्रो पुस्ताका लागि याे अन्तिम अवसर पनि हो।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउ नै पर्ने बाध्यताको बोझले तपाई थिचिनुभएको त छैन?

छैन्, साच्चै छैन्। यदि तपाई अर्जेन्टेनी हुनुहुन्थ्यो र फुटबल पछ्याउनुहुन्थयाे भने तपाई पनि तपाईको देशले विश्वकप उचालोस् भन्ने चाहनुहुन्थ्यो। त्यसमा कुनै अन्यथा छैन्। तर हामी सबैलाई थाहा छ, विश्वकप जित्नु कति चुनौतीपूर्ण र कठिन हुन्छ। तर पनि हामी जित्न चाहान्छौं। अर्जेन्टिना जित्न चाहन्छ। त्यसैले ममाथि अर्जेन्टेनीले अपेक्षा राख्नु स्वभाविक हो।

अर्जेन्टिनाले कुनै खेल हार्दा त्यहाँका मिडियाबाट तपाईको खुब आलोचना हुने गर्छ। त्यो तपाईका लागि कति पीडादायी क्षण हुन्छ?

अवश्य पनि त्यसले पीडा दिन्छ। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने उनीहरु(मिडिया)ले पनि हामिले विश्वकप नदिलाएकाे जुन हामीले सञ्चार गरेका हुन्। अर्जेन्टिना फुटबलकाे राम्राे माहाेल भएकाे राष्ट्र हो। त्यहीकारण मिडियाको त्यो प्रतिक्रिया सामान्य हो। कहिलेकाहीँ मिडियाले त्यस्तो गर्दा हामीले विश्वकपको फाइनलसम्म पुग्न लगाएको सामथ्र्य बेकार थियो झै लाग्छ। तर अर्जेन्टिना भनेकै त्यही हो, जहाँ उपविजेतालाई कुनै स्थान छैन।

अर्जेन्टिना अप्ठारो समूहमा छ। तपाईका समूहमा रहेका आइसल्याण्ड, क्रोएसिया र नाइजेरियालाई कसरी लिनुभएको छ?

प्रतियोगिताका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्दा हामीले पनि उत्कृष्ट खेल पस्कनै पर्छ। सबै प्रतिद्वन्द्वीहरू तपाइलाई कडा प्रश्न सोध्न तयार छन् तपाईले पनि त्यसको गतिलो जवाफ दिन सम्पूर्ण तयारी गर्नैपर्छ। त्यही भएर यो विश्वकप हो। यहाँ केही पनि उपहारमा पाइँदैन्। उत्कृष्टहरुले मात्रै प्रतिस्पर्धा गर्छन्। समूहका देशसँग कडा प्रतिस्पर्धा हुनेछ। हामी त्यसका लागि तयार छौं।

तपाईका नजरमा प्रतियोगिताको उपाधि उचाल्न सक्ने राष्ट्रहरु कुन कुन हुन्?

फुटबल सबै ठूला राष्ट्रहरु उपाधि उचाल्न उत्तिकै सक्षम छन्। अघिल्लो संस्करणको च्याम्पियन जर्मनीले पुनः एकचोटी च्याम्पियन बन्ने प्रयास गर्नेछ। स्पेनको टोली पनि उत्तिकै राम्रो छ। क्वालिफायरमा ब्राजिल, फ्रान्स र पोर्चुगलले पनि उत्तिकै राम्रो गरेका छन्।

इटाली र नेदरल्याण्ड्स जस्ता फुटबलका ठूला राष्ट्रहरुले यसपटकको विश्वकप छनोट पार गर्न नसक्दा तपाईलाई आश्चार्य लागेन?

हो, यसै कुराले विश्वकप कति कठिन छ भन्ने प्रमाणित गर्छ। इटाली बिनाको विश्वकप त कल्पनै गरिन्नथ्यो। अनि नेदरल्याण्ड्स भनेको त ब्राजिल ओलम्पिकको सेमिफाइनलमा पुगेको टोली हो। हामी उनीहरुलाई पेनाल्टीमा पराजित गर्दै फाइनल प्रवेश गरेका थियौं। रुस विश्वकपमा इटाली र स्वीजरल्याण्ड्सलाई धेरैले ‘मिस’ गर्नेछन्। उनीहरुका समर्थकले विश्वकपमा विशेष रौनक थप्ने गर्थे।

विश्वकपमा स्थान पाउनु अर्जेन्टिनाका लागि पनि निकै मुस्किल रह्यो। इक्वेडरविरुद्ध तपाइँले ह्याट्रिक नगरेको भए त यो विश्वकप अर्जेन्टिनाले गुमाउने अवस्था थियो हैन्?

छनोटका सुरुवाती खेलहरुमा राम्रो प्रदर्शन राम्राे हुन नसकेपछि हामीलाई अन्तिम खेल(इक्वेडरविरुद्ध) जित्नैपर्ने थियो। त्यो खेलमा हामीले योजना बनाएअनुसार मैले ती गोलहरु गरेँ। टीमले गर्दा त्यो सम्भव भएको हो। हामी सबैमा अर्को विश्वकप खेल्ने ब्यग्रता थियो। विश्वकप नै अन्तिममा सबैको लक्ष्य हुन्छ। उक्त खेल जित्दै विश्वकपमा छनोट भएपछि हामी निकै खुशी भयौं। हामीलाई प्लेअफको तनाब पनि रहेन।

क्रोयोसिया र अर्जेन्टिना एउटै समूहमा परेपछि क्रोयोसियाका इभान राकिटिक, जो बार्सिलोनामा तपाइँका सहकर्मी पनि हुन्। एउटै क्लबबाट खेलिरहेका साथीहरु विपक्षी भएर विश्वकपमा भिड्न लागेपछि तपाईसँग उनको प्रतिक्रिया कस्तो रह्याे?

त्यस्तो केही रहेन। इभान राम्रा खेलाडी हुनुका साथै समर्पित टीममेट पनि हुन्। उनी लडाकु खेलाडी पनि हुन्। उनीसँगको भिडन्तमा पक्कै उनले मलाई मेरो नेचुरल गेम खेल्न दिने छैनन्। तर, हाम्रा तर्फबाट पनि उनले त्यतिकै चुनौती पाउनेछन्। बार्सिलोनामा सँगै अभ्यास गर्दा हामीले केही मिठा पलहरुसँगै बिताएका छौं। खेलका बारेमा छलफल गरेका छौं। बस् त्यति हो। स्राेत: टिएनएन/टाइम्स अफ इन्डिया

१३ वर्षे उमेरमा पूर्ण जोशका साथ बार्सिलोना प्रवेश गरेको बालक(मेस्सी)ले बार्सिलोनामा अब के गर्न बाँकी रह्यो?

मेरो सपना र चाहनाहरु अझैपनि उस्तै(बार्सिलोनाका लागि बढी भन्दा बढी ट्रफी जित्नु) छन्। अवश्यपनि, मैले बार्सिलोनामा धेरै समय बिताएको छु। त्यसबीच मैदान भित्र र बाहिर धेरै घटनाहरु पनि घँटे।

अब तपाईसँग चारवटा गोल्डेन जुत्ता भयो। जब यी ट्रफीहरु हेर्नुहुन्छ तपाईको दिमागमा के चल्छ?

ट्रफी भनेको तपाईले ‘डेलिभर’ गर्ने मेहनतलाई पहिचान गर्ने सुन्दर तरिका हुन्। तर, म सधै भन्ने गर्छु मेरो सम्पत्ती भनेको मैले व्यक्तिगत रुपमा पाउने अवार्ड हैनन्। मलाई त अर्को च्याम्पियन्स लिग र लालिगा जित्न मन छ। त्यो मेरो प्राथमिकतामा पर्छ। तर, ट्रफीहरुले व्यक्त गर्ने अर्थले तिनीहरु घरमा हुनुको सुन्दर पक्ष पनि छ।

एंटोनला रोकोजियो(प्रेमिका हुँदै श्रीमती)सँगको दीर्घकालिन सम्बन्ध र सन्तानको जन्मबाट तपाईको पारिवारिक जीवनमा कस्तो परिवर्तन आयो?

यसले मेरो जीवनमा निकै परिवर्तन ल्यायो। पारिवारिक जीवनमा प्रवेश गरेपछि हामी विभिन्न कुराहरुलाई भिन्न तरिकाले हेर्न थाल्छौ। पिता बन्नु मेरो जीवनमा घटेको सबैभन्दा सुन्दर क्षण मध्येको एक थियो। हामीसँग दुई सन्तान छन् र तेस्रोका लागि प्रतिक्षारत् छौँ। पहिलो सन्तान प्राप्ती हुँदाको क्षण अविस्मरणीय थियो, दोस्रोमा पनि त्यस्तै भयो र अब पनि त्यस्तै हुने आशा छ।

सन्तानसँग तपाईको दैनिकी कसरी बित्छ?

मेरो दैनिकी प्रायः बच्चाहरुकै वरपर बित्छ। म बिहानै तिनीहरुलाई स्कुल पुर्याउन जान्छु। जब मेरो अभ्यास सकिन्छ म त्यहाँबाट सिँधै थियागो(जेठो छोरा)लाई स्कुलबाट ल्याउन जान्छु। थियागोको स्कुल सकिएपछि बेलुकाको खाना नहुञ्जेल एंटोनला र माटियो(कान्छो छोरा) सँगै हामी समय बिताउँछौ। त्यसपछि एंन्टोनला र म बच्चाहरुलाई बेडमा लैजान्छौ। अन्य सामान्य परिवार जस्तै हाम्रो परिवार पनि चलिरहेको छ।

के बच्चाहरुले तपाईलाई घरमा सँगै फुटबल खेलौं भन्छन्?

बच्चाहरुले प्रायः मलाई उनीहरुसँग फुटबल खेलौं भनेका छैनन्। कहिलेकाँही भन्छन् पनि। कान्छो छोरा मटियोले पनि भन्ने गर्छ। थियागो प्रशिक्षणमा जान सुरु गरिसकेको छ। तर, कहिलेकाँही बाहेक प्रायः उनीहरुले मसँगै खेलौं भनेका छैनन्।

मेस्सी को हो? भनेर तपाईका बच्चाहरुले बुझेका छन् त?

माटियोलाई भने स्पष्ट रुपमा थाहा छैन्। जब कुनै नयाँ मानिस आएर मलाई फोटो र अटोग्राफको लागि मलाई अनुरोध गर्छ, उसलाई आश्चार्य अनुभव हुन्छ। उसले अहिल्यै मेस्सी को हो भनेर बुझ्ने कुरो पनि भएन्। थियागोले पुरै चाँही हैन, केही बुझ्न थालेको छ। उसलाई स्टेडियम जान र खेल हेर्न पनि मन पर्छ। कहिलेकाँही घरमा हुँदा समर्थकले जस्तै उसले पनि मलाई मेस्सी भनेर बोलाउने गर्छ। तर, उसले पनि मेस्सी को हो भनेर पुरै अझै बुझिसकेको छैन्।

तपाईलाई खाना बनाउँन कतिको मन पर्छ?

साच्चै भन्ने हो भने, खाना बनाउँन मलाई त्यति मन पर्दैन्। म केही बनाउँन त अवश्य सक्छु तर, त्यो नखुलाऔ होला।

त्यस्तो कुनै चिज छ, जुन तपाईलाई असाध्यै मनपथ्र्यो तर तपाईको डाइटबाट हटाइएको होस?

त्यो चकलेट हो, मेरो डाइटबाट चकलेट हटाउँदा मलाई असाध्यै गाह्रो लाग्यो। अहिलेपनि बारम्बर म डाइटमा चकलेट भइदिए हुन्थ्यो भनि सम्झिरहेको हुन्छु।

के अचेल पनि तपाईलाई दिउँसो एकचोटी ननिदाएर हुँदैन?

छैन, अचेल छैन्। सत्य के हो भने, म आजकाल दिउँसोको निद्रालाई खुब ‘मिस’ गर्छु। जब म राष्ट्रिय टोलीमा थिए, त्यसबेला दिउँसो सुत्ने चान्स पाइन्थ्यो। पिता भएपछि अचेल त मसँग दिउँसो सुत्ने समय नै हुँदैन्।

के तपाइसँग बढी म्याचहरु हेर्ने समय हुन्छ? तपाई बढी चाँही प्रतिस्पर्धाहरु हेर्न रुचाउनुहुन्छ?

हुन्छ, मलाई मनपर्छ पनि। आज पनि म उतिकै फुटबल फलो गर्छु। सामान्यतया म सवै फुटबल प्रतिस्पर्धाहरु हेर्ने गर्छु। स्पेन, इंग्ल्याण्ड र अर्जेन्टिनाका लिगहरु बढी हेर्छु। म थोरैभएपनि सबै फुटबल फलो गरिरहेको हुन्छु।

लिगा वान पनि?

हो, पहिलेको भन्दा अहिले अलि बढी।

आक्रमक खेल पस्कने बार्सिलोनाले यस सिजनमा रक्षात्मक खेलिरहेको छ नि, किन?

नेमारको बहिर्गमन हाम्रो खेल परिवर्तन हुनुको मुख्य कारण रह्यो। नेमारको बहिर्गमनले हामीले आफ्नो आक्रमक खेल गुमायौ तर, त्यसले हामीलाई रक्षात्मक तहमा अझै मजबुद बन्न सिकायो। रक्षा पन्तिमा सुधार आउनुले हाम्रो टिम अझै ब्यालेन्स बनेको छ।

लिओनल मेस्सी हुन् कति सजिलो छ?

म एउटा सामान्य मानिस हुँ, जसले पारिवारिक जीवन बिताइरहेको छ। अर्को तर्फ सत्य के पनि हो भने, म पनि अन्य मानिसहरु झै सामान्य जीवन जिउन चाहान्छु। जहाँ मलाई सबैले सामान्य कुरामा पनि घेरि नरहोस।

भविष्यका बारेमा तपाईले के सोच्नु भएको छ? प्रशिक्षक बन्न मन छ कि एक्लै कतै गल्फ खेलेर समय बिताउने सोच्नु भएको छ?

मलाई थाहा छैन्, म भविष्यमा के गर्छु। धेरैपटक फुटबल करिअरको समाप्तीसँगै मैले परिवारसँग समय विताउँने भनेको छु। त्यसको अर्थ म पूर्ण रुपमा परिवारसँग सेटल भएर बस्ने पनि हैन्। म सधै भन्ने गर्छु, मैले आफूलाई कहिल्यै प्रशिक्षक बनौला भनेर सोचिन्। केहीवर्ष पछि त्यो परिवर्तन पनि हुन सक्छ। तर, मसँगै अझै केही वर्ष बाँकी छ। जब फुटबल करिअर समाप्त गर्ने दिन नजिकिन्छ त्यसपछि के गर्ने सोच्नुपर्छ।

Loading...