आफ्नो परमाणुको सुरक्षा ग्यारेन्टी नगरेरै किम परमाणु हतियार नष्ट गर्न तयार भएपछि चीन दङ्ग

एजेन्सी । किम जोङ उन र डोनाल्ड ट्रम्पको भेटवार्तालाई लिएर चीन तीन छक्क परेको छ। चीनको सरकारी च्‍यानल सीजीटीएनले उक्त भेटलाई प्रत्‍यक्ष प्रशारण गरेका थिए।

चिनियाँ सरकारी च्‍यानलका एक सम्बाददाता सिंगापुरमा थिए भने दोस्रो स्टुडियोमा। किम-ट्रम्प भेटको बारे आपसमा कुरा गर्दै उनीहरुले उत्तर कोरिया आफ्नो परमाणुको सुरक्षा ग्‍यारेन्टी नगरीकनै परमाणु हतियारलाई नष्ट गर्न राजी भएको बताएका थिए।

यस्तै चीनको अर्का अनलाइन बेबसाइट गुआन्चा डट सीएनले किम र ट्रम्पको भेटलाई प्राथमिकताका साथ छापेको थियो। त्‍यस्तै सरकारी समाचार एजेन्सी सिन्ह्‍वाले ट्रम्प-किमको भेटलाई सबैभन्दा पहिले पोस्ट गरेको थियो।

विश्‍वले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च नेता किम जोङ उनबीचको भेटवार्तालाई प्रत्‍यक्ष टेलिभिजनबाट हेर्न पाए पनि उत्तर कोरियाली जनताले भने त्‍यो क्षण हेर्न पाएनन्।

उत्तर कोरियाली नेता किम र ट्रम्पले हात मिलाउँदै गरेको, एकैसाथ हाँस्दै हिँड्‍दै गरेको, सिंगापुरको होटेलको गार्डेनमा हिँड्‍दै गरेको दृश्‍य विश्‍वभरले थाहा पाए पनि उत्तर कोरियाको सरकारी टेलिभिजन कोरियन सेन्ट्रल टेलिभिजन (केसीटीभी)मा भने केही नदेखाइएको बीबीसीले जनाएको छ।

जब ट्रम्प र किम सिंगापुरमा भेटिरहेका थिए, त्‍यतिबेला कोरियाको टेलिभिजनमा भने किम जोङ उन सिंगापुरको भ्रमणमा रहेको मात्रै उल्लेख गरियो।

प्रसारणको सुरुवात एउटा देशभक्ति गीतबाट गरिएको थियो। त्‍यसको १० मिनेटपछि एउटी महिला समाचारवाचिकाले किम सिंगापुरको भ्रमणमा रहेको खबर सुनाइन्। तर त्‍यहाँ कुनै भिडियो वा तस्बिर देखाइएन। तर त्‍यही उत्तर कोरियाको सत्ताधारी दलको समाचार पत्र रोडोङग सिनमुनमा भने किमको सिंगापुर भ्रमणका १४ तस्बिर प्रकाशित गरेको देखिन्छ।

यस्तै सरकारी रेडियोमा पनि किम जोङ उनको सिंगापुर भ्रमणको मात्रै खबर दिइएको थियो। तर ट्रम्पसँग भेट गरेको र हस्ताक्षर गरेको केही कुरा समाचारमा खुलाइएन।

Loading...