ट्रम्प र किमले गरेका चार बुँदे सहमतिमा के छ, सहमतिका चार बुँदामा कसका के स्वार्थ छन ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच परमाणु निशस्त्रिकरण गर्ने सहमति भएको समाचार संस्था एएफपीले जनाएको छ ।

सिंगापुरमा भएको वार्तामा उत्तर कोरियाका नेता किम परमाणु हतियार निशस्त्रिकरण प्रक्रिया पूरा गर्न सहमत भएको एएफपीले उल्लेख गरेको छ ।

ट्रम्प र किमबिच सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको ऐतिहासिक वार्तामा यस्तो सहमति भएको हो । कोरियाली प्रायद्विपमा शान्ती स्थापनाका लागि सहमति जुटेको रुपमा हेरिएको छ । ट्रम्प र किमबिच चार बुँदे सहमति भएको एएफपीले जनाएको छ ।

१) अमेरिका र उत्तर कोरिया नयाँ कूटनीतिक सम्बन्ध स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दछौँ । दुई देशका नागरिकको चाहना अनुसार अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापना हुने छ र शान्ति तथा समृद्धिका लागि काम हुनेछ ।

२) कोरियाली प्रायद्विपमा स्थायी शान्ति स्थापनाका लागि अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने छन् ।

३) गएको अप्रिल २७ मा पानमुजोममा भएको घोषणा अनुसार कोरियाली प्रायद्विपलाई परमाणु हतियार निशस्त्रिकरण गरिने छ ।

४) अमेरिका र उत्तर कोरिया एओडब्लु एमआइए लाई निरन्तरता दिइने छ र सुधार पनि गरिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आफ्नो ‘स्पेसल बोण्ड’ विकास भएको बताएका छन् । सिंगापुरमा भएको वार्तापछि सम्झौतामा हस्ताक्षर गरेपछि बोल्दै ट्रम्पले किमसँग राम्रो सम्बन्ध बिस्तार भएको बताए ।

पत्रकारले किमलाई अमेरिका बोलाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘पक्कै पनि, हामी बोलाउने छौँ ।’ ट्रम्पले आफूहरुबिच फेरि भेटवार्ता हुने बताए । ट्रम्पले उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रिया निकै चाँडै सुरु हुने पनि बताए ।

यो वार्ताबाट ऐतिहासिक सफलता हाँसिल भएको ट्रम्पले बताए । उत्तर कोरियाका नेता किमले ट्रान्सलेटरको सहायतमा भने, ‘हामीले विगतलाई पछाडि नै छोड्ने सहमति गरेका छौँ ।’ उनले अघि भने, ‘विश्वले ठूलो परिवर्तन देख्नेछ ।’

ट्रम्पले किमसँग हात मिलाउँदै भने, ‘धेरै धन्यवाद, वार्ता निकै उत्कृष्ट रह्यो ।’ यसो भनिरहँदा ट्रम्प मुस्कुराएका थिए । ट्रम्पले पत्रकारसँग भने, ‘आज जे भयो त्यसका लागि हामी निकै गर्व गर्छौँ ।

अब उपरान्त उत्तर कोरिया तथा समग्र कोरिया प्रायद्विपसँगको हाम्रो सम्बन्धमा परिवर्तन आउने छ । पहिले भन्दा फरक हुनेछ ।’दुई नेताले सम्झौतामा हस्ताक्षर गरे, हात मिलाए र अघि गए ।

Loading...