डाक्टर उपेन्द्र देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

काठमाडौं ।

नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राध्यापक डाक्टर उपेन्द्र देवकोटालाई सम्मान गरेको छ ।

नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डाक्टर देवकोटालाई शनिबार अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।

सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए ।

उनले भने- ‘हामी निकै अघिदेखि उहाँलाई भेटेर उपाधि दिन प्रयासरत थियौँ, तर उहाँको स्वास्थ्यमा उतारचडाव भइरहेको थियो, उपयुक्त समयको पर्खाइमा थियौँ, आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालमै गएर उहाँलाई मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान ग¥यौँ, उहाँ अहिले सामान्य अक्सिजनमा हुनुहुन्छ ।’

उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिएको अध्यक्ष शर्माले जानकारी दिए ।

सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेका थिए ।

Loading...