त्रिशुली नदीमा ट्रक खस्यो, चालक र सहचालक बेपत्ता

काठमाडौं। 

सडक सुधारका काम सकिएको एक दिनमै फेरि त्रिशुली नदीमा ट्रक खसेका छ । पृथ्वी राजमार्गको जोगिमाराबाट सिमेन्ट बोकेका ट्रक नदीका खसेको प्रहरीले बताएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ना ५ ख ३४१५ नम्बर को ट्रक सडकबाट ९० फिट तल त्रिशुल नदीमा खसेको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १० जोगिमाराबाट शुक्रबार ट्रक नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय ट्रक चालक टोपबहादुर श्रेष्ठ, ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल हराइरहेका छन् । नदीमा ट्रक समेत डुबेको अबस्था छ । त्यो दुर्घटनामा एक जना घाइते भएकोले उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाको खोजी कार्य भइरहेको भए पनि नदी बढेकोले खोज कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Loading...