सभापति देउवाले काँग्रेस भंग गरिदिए हुन्छ भनेपछि पौडेल समूहमा खैलाबैला

धनगढी । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भंग गरिदिए हुने भन्दै गरेको टिप्पणीले खैलाबैला मच्चिएको छ । उनले चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताउँदै त्यो नगरे पार्टी नै भंग गरे हुने बताएका थिए ।

कैलाली जिल्लाको अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीका उम्मेदवारालई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले बताए । अन्तरघातकै कारण नेतृ आरजु राणालगायतका नेताहरुले चुनाव हारेको काँग्रेसको ठहर छ ।

सभापति देउवाले अन्तरघातकै कारण पार्टीले हार खानु परेको बताउँदै भने, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’ उनले कृष्णप्रसाद भटटराईको पालादेखि अन्तरघात सुरु भएको भन्दै त्यसको अन्त्य गरेर मात्र आफू विश्राम लिने बताए ।

पार्टीलाई हराएर कोही पनि बहादुर नभएको बताउँदै सभापति देउवाले अनुशासनहिन काम गरेर अन्तरघात गर्नेहरु अपराधी भएकोले माफ दिन नसकिने बताए ।

नेतृ राणालाई पौडेल समूहले अन्तरघात गरेर चुनाव हराएको संस्थापन पक्षको अारोप छ । देउवाले कडा रुपमा प्रस्तुत भएपछि कैलालीमा पौडेल समूहमा खैलाबैला मच्चिएको हो ।

Loading...