अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता हुन नसक्ने -महानिरीक्षक सर्वेन्द्र खनाल

 

२५ जेठ , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै बाराको कलैयास्थित उद्योग वाणिज्य संघमा भएको कार्येक्रममा महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहने बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता हुन नसक्ने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै दाइत्वो रहेको बताउनुभयो ।

अपराधीहरुको कुनै जात , धर्म र बर्ग नहुने हुँदा त्यस्तालाइ कसैले पनि संरक्षण गर्न नहुने भन्दै आग्रह समेत गर्नुभयो । कार्यक्रममा बारा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष विनोद साहले कलैयाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पहिले जडान गरिएका पाँचवटा सिसी क्यामराहरु विभिन्न समएमा भएका तराई मधेशको आन्दोलनमा क्षेती भएको कारण शान्ति सुरक्षामा निकै समस्या आएको रहेको बताउनु भयो ।

हाल २२ लाख ५० हजारको लागतमा ३२ वटा सिसी क्यामरा जडान गरिएको र निकट भविष्यमा नगरभित्र ६४ वटा सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको संघका अध्यक्ष साहले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले सिसी क्यामराको जडानसँगै नगरभित्रमा अपराध नियन्त्रण गर्नका लागि निकै सहयोग हुने जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघको प्रदेश नं २ का अध्यक्ष अशोक वैद्य, जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहलगायतले आ–आफ्ना विचार राख्नुभएको थियो । 

Loading...