बेच्नका लागि कञ्चनपुर पुर्‍याइएका १८ बालबालिका प्रहरी नियन्त्रणमा

अछाम, २५ जेठ । 

भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ का रहेको खुलेको छ ।

पक्राउ परेका २ व्यक्ति पनि सोही गाउँपालिका निवासी ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विक रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा राखिएको छ । 

भारततर्फ जाने क्रममा बालबालिकासँगै रहेका बालवालिकाहरु भारतमा रहेका आफन्तहरुको सल्लाह अनुसार नै काम गर्न जान लागेको प्रारम्भिक रुपमा बुझिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । कञ्चनपुर प्रहरीका अनुसार ती बालबालिकाहरुका बारेमा थप बुझ्ने काम भइरहेको छ ।

Loading...