घर झगडा हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ ।

बञ्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । विहिबार राति चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा डेरामा बस्दै आएका माझीले श्रीमतीसँगको झगडामा टाउकोमा बञ्चरोले हानेका हुन् ।

बञ्चरो प्रहारबाट घाइते भएकी सलेनाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो । फरार माझीको खोजी कार्य भैरहेको प्रहारीले जनाएको छ ।

Loading...