ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी ।

ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि हराइरहेका खोजी तीब्र पारिएको छ ।

अग्नी नियन्त्रकलाई सेनाले समेत सघाइरहेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेको संख्या ६२ पुगे पनि यो संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

ज्वालामुखी विष्फोटका कारण प्रभावित हजारौं मानिसलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट भएको थियो ।

सयौंको संंख्यामा घाईते भएका छन् । ठूलो संख्यामा घरहरु पुरिएका छन् ।

ज्वालामुखीबाट करिब १७ लाख मानिस प्रभावित भएको ग्वाटेमाला सरकारले जनाएको छ । यो ज्वालामुखी सन् १९७४ पछिकै ठूलो भएको स्थानीयले बताएका छन् । (एजेन्सी)

Loading...