जनयुद्धकालिन माओवादी पार्टीले बनायो ७ सदस्यीय हेडक्वाटर (नामसहित)

काठमाडौँ । 

तत्कालिन माओवादी केन्द्रले एमालेसँग गरेको एकताको विरोध गर्दै विमल अधिकारीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले हेडक्वाटर गठन गरेको छ ।

एमालेसँगको एकतालाई आत्मसपर्ण भन्दै अधिकारीको नेतृत्वमा जनयुद्धकालिन पार्टीलाई ब्यूँताइएको हो । अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

हालै बसेको बैठकले पार्टीको प्रबक्तासहित हेडक्वाटर ७ सदस्यीय हेडक्वाटर बनाइएको छ । यसअघि नै विमल अधिकारीलाई संयोजकमा बनाइएको थियो । बैठकले पार्टीको प्रबक्तामा लक्ष्मण पोखरेललाई नियुक्त गरेको छ ।

त्यसैगरी हेडक्वाटर सदस्यहरुमा डा. श्यामबाबु साह, सुजन गिरी, अम्बिका घिमिरे, नरेश केसी र रत्नमणी गौतम रहेका छन् । प्रबक्ता पोखरेलका अनुसार बैठकले पार्टीको छोटो समयको लागि राजनैतिक र संघर्षका कार्यक्रम पनि ठोस गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग दुई चरणको छलफल भइसकेको छ । छलफलमा कार्यगत एकता र राष्ट्रियता र जनजिवीकाका सवालमा सँगै सडक संघर्ष गर्नेबारेमा पनि छलफल भएको संयोजक अधिकारीले जानकारी दिए ।

Loading...