पाकिस्तानी सेनाले भन्यो- भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना छैन

काठमाडौं। 

पाकिस्तानका एक उच्च सैन्य अधिकृतले भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको बताएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल आसिफ गफुरले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले युद्धको कुनै सम्भावना नभएको बताए ।

रावलपिण्डीका पत्रकार सम्मेलन गर्दै मेजर जनरल गफूरले नियन्त्रण रेखामा भारतले सन् २०१७ र २०१८ बीच सबैभन्दा बढी युद्धविराम उल्लंघन गरेको आरोप लगाए ।

सन् २०१७ मा सीमामा युद्धविराम उल्लंघन हुंदा ५२ जनाको मृत्यु र २ सय ५४ जना घाईते भएको उनको दाबी थियो । जनरल गफूरले भारतले सन् २००३ मा भएको युद्धविराम सम्झौताको सम्मान गर्नु पर्नेमा जोड दिए ।

अमेरिकासँग पाकिस्तानको सम्बन्ध बिग्रिएको बताउँदै उनले पाकिस्तानको आतंकवाद विरुद्धको संघर्ष जारी रहेको उल्लेख गरे ।(एजेन्सी)

Loading...