अन्तर्राष्ट्रिय टी-२० मा प्रतियोगितामा राशिद खानले रचे इतिहास

काठमाडौं।

अफगानिस्तानका युवा स्पिनर राशिद खान सबैभन्दा छिटो टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट लिने खेलाडी बनेका छन्। १९ वर्षीय खानले आइतबार बंगलादेशविरूद्ध ३ विकेट लिएपछि उनी सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने दोस्रो बलर भएका हुन्।

राशिदले ३१ टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरेका हुन्। यो सँगै उनले दक्षिण अफ्रीकी स्पिनर इमरान ताहिरसँग बराबरी गरेका छन्।

दोस्रो स्थानमा पुग्ने क्रममा उनले डेल स्टेन तथा उमर गुल जस्ता बलरलाई पछि छोडेका हुन्। स्टेनले ३५ खेलबाट ५० विकेट लिएका थिए भने उमर गुलले ३६ खेल खेल्नु परेको थियो।

अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीमा श्रीलंकाका मिस्ट्री स्पिनर अजन्था मेन्डिस छन्। उनले २६ खेलबाट यो रेकर्ड बनाएका हुन्। तर उनलाई यो रेकर्ड बनाउन ३ वर्ष ३६० दिनको समय लागेको थियो। यता रासिदले २ वर्ष २२० दिनमै यो रेकर्ड बनाएका हुन्।

Loading...