नेकपाका जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार (विज्ञप्तिसहित)

पर्वत । 

नेपाल कम्युनिस्ट पार्टीका दुई स्थानीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पर्वत जनपरिषद् प्रमुख ओमप्रसाद शर्मा र जिल्ला सदस्य धर्मराज पौडेललाई अनुसन्धानको लागि भन्दै प्रहरीले अाइतबार गिरफ्तार गरेको जिल्ला सेक्रेटरी अल्वर्टले जानकारी दिएका छन् । उनले आफ्ना नेताहरुलाई दुख दिने मनसायले बिना कारण गिरफ्तार गरेको भन्दै सरकारी दमनको घोर भ्रत्सर्ना गरेका छन् ।

सेक्रेटरी अल्बर्ट एक विज्ञप्ति समेत जारी गर्दै फलेवास नगरपालिका–५ मा स्काभेटरमा आगो आफ्नो पार्टीले नलगाएर विकासको नाममा खानेमा प्रतिस्पर्धा गर्नेहरुले धमिलो पानीमा माछा मारेको बताए । 

उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नभएको सार्वजनिक रुपमा जानकारी गराउँदागराउँदै पनि आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि धरपकड र गिरफ्तार बढाएको भन्दै अल्बर्टले आपत्ति जनाएका छन् ।

गिरफ्तार नेताहरुलाई रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Loading...