राजकिशोर यादवले अर्थमन्त्रीलाई सोधे- कुन सिद्धान्त अनुसार विनियोजन भयो ?

काठमाडौं ।

राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवको विचारमा जनताको मत पाएर जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्ने स्थिति सिर्जना हुनु दुखद भएको बताएका छन् । 

उनले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको भनी अर्थमन्त्रीसँग प्रश्न पनि गरे । उनले समग्र बजेट विनियोजन हेर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याईएको त होइन भन्ने शंका उब्जाएको दाबी गरे ।

यस्तै नेपाली काँग्रेसका सांसद विजयकुमार गच्छेदारले बजेटमा राजस्व वृद्धि गर्ने गरी करमा ठूलो परिर्वतन ल्याउने प्रयास भएकाले लगानी रोकिने र मुल्यवृद्धि गराउने तर्क बताए ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटमाथि आईतबार जारी छलफलमा बोल्दै सांसद गच्छदारले यस्तो विचार व्यक्त गरेका हुन् ।

यस्तै  छलफलमा बोल्दै नेकपाका सांसद प्रभु शाहले विकास निर्माणको सवालमा बजेटमा धेरै अमूर्त विषय आएको भन्दै शिर्षकको बाँडफाँड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए । बजेट निर्माण र विधिमा आम जनताको सहभागिताको मोडालिटीलाई आत्मसाथ गर्नुपर्ने पनि उनले उल्लेख  गरे । उनका अनुसार ग्रामीण क्षेत्रका लागि जनता आवास कार्यक्रम र शहरी क्षेत्रमा प्रधानममन्त्री आवास कार्यक्रममा विनियोजित बजेट स्पष्ट हुन सकेको छैन ।

Loading...