बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ वटा पक्की मोटरेबल पुल

मुस्ताङ । 

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत बहुचर्चित कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ वटा पक्की मोटरेबल पुल बन्ने भएको छ ।

तीमध्ये ८ वटाको काम भइरहेको र १५ वटा पुलको काम आगामी आर्थिक वर्षमा शुरु गरिने कालिगण्डकी करिडोर जोमसोम कार्यालयले जनाएको छ ।

करिडोरले निर्माण गर्ने पुलबाहेक सडक विभाग पुल सेक्टर आयोजनाले म्याग्दीको तिप्ल्याङ र पोखरेबगरमा थप २ वटा पक्की पुल बनाइएको छ भने डोलिडारले यसअघि नै कोरला नाका जोड्ने छुसाङ÷चैले पक्की पुल बनाइरहेको छ ।

कालिगण्डकी करिडोर, सडक विभाग पुल सेक्टर र डोलिडोरसमेत गरेर बेनी, जोमसोम, कोरला सडकमा २६ वटा पुल निर्माण हुने करिडोरले जनाएको छ ।

करिडोरले बेनी जोमसोम खण्डमा ७ वटा र जोमसोम कोरला सडकखण्डमा ८ वटा पुल निर्माण गर्ने जनाएको छ ।

Loading...