राष्ट्रकवि घिमिरे फेरि अस्पाल भर्ना

काठमाडौँ । 

राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरे अस्पताल भर्ना भएका हुन् ।

घिमिरेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रक्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।

मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए ।

Loading...