यसरी बनाइदैछ मानव र मेसिनलार्इ जोडेर सुपरह्यूमन

काठमाडाैं । जीवित तन्तु (टिस्यु) र यन्त्र (मेसिन) बीचको समन्वयबाट वैज्ञानिकहरूले सामान्य मानवको सीमाहरू भन्दा धेरै भौतिक क्षमता भएको सर्वोच्च मानव (सुपरह्युमन)को निर्माण सम्भव बनाउने नयाँ अनुसन्धानलाई थप बलियो पारेका छन् ।

ह्युमन रोबोटको विकसित रूप हाइब्रिडलाई ठूलो परिमाणमा यथार्थ बनाउन सकिने सफलता जापानी वैज्ञानिकहरूले प्राप्त गर्न सक्ने देखिएको छ । जापानी वैज्ञानिकहरूले रोबोटको कंकाल (रोबोटिक स्क्लेटन)मा मांशपेशी रेशालाई मिलाएर(मर्ज) ह्युमन रोबोटको हाइब्रिड बनाउन सकिने निष्कर्ष निकालेका हुन् । यसअघिका प्रयासहरूमा यो मांशपेशी छोटो समय मात्र बाँचेकोले यो असफल हुन सक्ने देखिएको थियो ।

यो खोजले सुपरह्युमनको निर्माण गर्ने बाटो बनाउन सक्छ । तर वैज्ञानिकहरूका अनुसार यो अध्ययनको प्रयोग विशाल परिमाणमा गर्न कम्तीमा एक दशक लाग्नेछ । यस सम्बन्धमा गरिएको नयाँ अध्ययनले विभिन्न बाटो अपनाइएको थियो । यो अध्ययनले जनावरभित्रका मांशपेशीको विकास गर्ने विधि भन्दा फरक ढंगले कोप्रिएका छालाबाट मांशपेशी विकास गरेको थियो । जैविक रोबोट (बायोरोबोटिक) क्षेत्रमा यो परियोजनाले एक क्रमभंग गरेको छ । यो विधिबाट बनाइएका कंकाल मांशपेशी तन्तुहरूले पूर्ण रूपमा कार्य गर्न सक्छन् ।

मांशपेशीको प्रवृति अनुसार त्यसमा शक्ति गुमाउन र खुम्चिने समस्याबाट वैज्ञानिकहरू चिन्तित थिए । मांशपेशीले गर्ने कार्यको विषयमा उनीहरूको चिन्ता थियो । जनावरको शरीरमा मांशपेशीले रेशा एवं नशाहरूको जटिल सञ्जाल निर्माण गर्छ । ती रेशा एवं नशाहरू विद्युतीय उत्तेजनामा प्रतिक्रिया जनाउँछन् । जुन प्रतिक्रियाहरू मस्तिष्कबाट मांशपेशीमा नशाहरूको मार्फत प्रवाहित हुन्छन् । विभिन्न किसिमका तन्तुहरूबाट विभिन्न प्रकारका मांशपेशी निर्माण हुन्छन् । उदाहरणका लागि मुटुको चाल कहिले नरोकिने गरी विभिन्न वस्तुहरूको संयोजनबाट कंकाली मांशपेशी निर्माण भएको हुन्छ । कंकाली मांशपेशीको एक शिरा शरीर भित्रको कुनै हाडमा जोडिएर रहेको हुन्छ । यस्ता मांशपेशी जोर्नीमा तन्किने खालका हुन्छन् । अनि त्यो मांशपेशी अर्को हाडमा जोडिएको हुन्छ । यसरी तन्किने खालका मांशपेशीहरू रेशाहरूका साथ हाडसँग टाँसिएर रहेको हुन्छ ।

जतिखेर विद्युतीय संकेतलाई मांशपेशीमा प्रवाहित गरिन्छ, त्यतिखेर मांशपेशी संकुचन उत्पन्न गराउँछ । यसो हुनुमा दुई किसिमका प्रोटिनको क्रियाकलाप कारण बन्छ । एक प्रोटिनले अर्कोलाई खप्टिनेगरी एक अर्काका विपरीत काम गरिहन्छन् । बाक्लो फिलामेन्ट जस्तो रेशाको निर्माण प्रोटिन मायोसिनबाट र पातलो फिलामेन्ट प्रोटिन एक्टिनबाट निर्माण भएको हुन्छ ।

मांशपेशीमा संकुचन त्यतिखेर हुन्छ, जतिखेर फिलामेन्टहरू एक अर्कामा चिप्लिरहन्छ र यो क्रिया एकपछि अर्को गरी दोहोरिरहन्छ । मांशपेशीको यो कामलाई अनुसन्धानकर्ताहरूले सुक्ष्म तरिकाबाट अध्ययन गरेर आफ्नो नयाँ अनुसन्धानलाई सुपरह्युमनको निर्माणको महत्वपूर्ण बाटो भनेका छन् ।

युनिभर्सिटी अफ टोकियो इन्स्टिच्युट अफ इन्डस्ट्रीयल साइन्सका अनुसन्धानकर्ता वैज्ञानिकहरूका अगुवा वैज्ञानिक युया मोरिमोतोले वैज्ञानिकरूपमा पार पाउने यस्ता विषयमा सफलता पाइएको बताए । उनको नयाँ विधिले बढी बलिया र बढी समयसम्म बाँच्न सक्ने मांशपेशीहरूको निर्माण गर्न सकिने भएको छ । यसअघिका प्रयासमा यस्तो अवस्था फेला परेको थिएन् । यो कार्य गर्नका लागि अनुसन्धानकर्ताहरूलाई विशेष प्रकारको परत चाहियो । जसमा मायोब्लास्ट हुन्छ । मायोब्लास्ट मूसाबाट प्राप्त गरियो । १० दिनको क्रियाकलापबाट कंकालमा विस्तारै मांशपेशीको विकासको विकास गरिएको थियो ।

समग्रमा मांशपेशीहरू ८ एमएम लामा थिए । यी मांशपेशीहरू १० एमन्यूटनको बलमा संकुचित हुन सक्ने खालका थिए । औंलाको गतिको पूर्ण ताकतलाई ९० डिग्रीमा मोड्न लगाइयो । साथै कुनै प्लास्टिक औंठीलाई टिप्न र सार्न लगाइयो । यसरी तयार गरिएका मांशपेशी पहिलेको भन्दा धेरै बढी एक सातासम्म जीवित रहयो र क्रियाकलाप ग¥यो । यो अध्ययनमा संलग्न अर्का वैज्ञानिक शोजी ताकेउचीले भने, “हामीले मांशपेशीहरू बनाएका थियौं । सफलतापूर्वक हामीले ती मांशपेशीका प्रतिरोधी जोडीलाई रोबोटमा प्रयोग ग¥यौं । शरीरमा भएजस्तै संकुचन र विस्तार जस्ता प्रतिरोधी क्रियाकलाप गरायौं ।”

सामान्य रूपमा बुझ्दा अनुसन्धानकर्ताहरूले हाइब्रिडको क्रियाकलापलाई प्रतिरोधी जोडीको प्रयोग गरी दर्शाए । मांशपेशीका यी जोडीहरूले एक अर्कोको प्रत्यक्ष विपरीत दिशामा काम गर्न सक्छन् । यसले गर्दा रोबोटका हात खुट्टालाई विपरीत दिशामा मोड्न र काम गर्न सहज हुन्छ । मानिसहरूको जस्तै उनीहरूको बायोहाइब्रिड मानिस बनाउन धेरै जटिल प्रणालीको विकास गर्न यसबाट सफलता प्राप्त हुने वैज्ञानिकहरूले विश्वास गरेका छन् । अध्ययनका अगुवा वैज्ञानिक युया मोरिमोतोले भन्छन् “मांशपेशीका प्रतिरोधी प्रवन्धहरूको प्रयोगका आधारमा हाम्रा खोजहरूले यस्ता रोबोटहरू मानिसका औंला जस्ता कार्य गर्न सक्छन् ।”

Loading...