कोरिया भाषा परीक्षा २६ र २७ गते

काठमाडौं । 

कोरिया भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०१९ को लागि भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।

शाखाका अनुसार काठमाडौं, ललितपुर र पोखरा गरी २८ केन्द्र तोकिएका छन् ।

परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र १२ बजेदेखि ४ बजे गरी दुई चरणमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

Loading...