इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो

काठमाडौं । 

फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता ग¥यो ।

एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले २–० को अग्रता लिएको थियो ।

३६ औं मिनेटमा इटालीका लियोनार्दो बोनुचीले गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६३ औं मिनेटमा फ्रान्सका ओस्माने डेम्बेलेले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए । यसैगरी गएराति नै भएको अर्को अभ्यास खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हराएको छ ।

बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए । यो विश्वकपमा इटाली र चेक गणतन्त्र सहभागी छैनन् ।

Loading...