मृत्युसँग जोडिएका १० अनाैठा र डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ ।

आफैंलाई खान थाल्छ शरिरः

जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर पचाउने गर्दछ । तर के तपाईंलाई मृत्यु पछि शरिरभित्र रहेका यी ब्याक्टेरिया के हुन्छन् भन्ने थाहा छ ? वास्तवमा, मानिसको मृत्यु भएपछि पनि यी ब्याक्टेरिया हाम्रो शरिरभित्र जिउँदो हुन्छ । मृत्युको तीन दिनसम्म पनि यसले हाम्रो शरिरमा भएको खानेकुरा खाने गर्दछन् । तर खाना समाप्त भएपछि यसले हाम्रो शरिरलाई नै खान सुरु गर्दछ । यसरी नै मृत्युको तीन दिन पछि हाम्रो शरिरभित्र खाली हुने गर्दछ किनभने यी एन्जाइम्सले त्यसलाई खान थाल्छ ।

  • डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब सात हजार मानिसको मृत्यु हुन्छ ।
  • मृत्युपछि हाम्रो हात र खुट्टाको नङ बढ्दैन । वास्तवमा, हाम्रो नङ वरिपरिको छाला खुम्चिने गर्दछ जसका कारण नङ बढेको जस्तो देखिन्छ ।
  • सूडानमा आज पनि क्रसमा चढाएर मृत्यु दिने तरिका अपनाइन्छ ।
  • मानिसहरु दुनियाँमा आएपछि अहिलेसम्म करिब १ सय बिलियनभन्दा बढिको मृत्यु भइसकेको छ ।
  • हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ ।
  • इटालियन सिरियल किलर लेखोनार्डा सिन्चुल्लीले मानिसहरुको हत्या गरेर उनीहरुको शरिरबाट चिया र केक बनाउँथिन् र आफ्नो घरमा आएका पाहुनालाई खुवाउने गर्दथिन् ।
  • रुसमा सन् १९२३ मा जन्मिएका धेरैजसो मानिसहरु (करिब ८० प्रतिशत) को मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो ।
  • हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।
  • मानिसको मृत्युपछि सबैभन्दा अन्तिममा उनको सुन्ने शक्ति समाप्त हुन्छ ।
Loading...