सुन काण्डमा फरार एसएसपी खत्रीले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडाैं, १७ जेठ । ३३ किलाे सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले अन्तत: अदालतसमक्ष अात्मसमर्पण गरेका छन् ।

खत्रीलार्इ सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त बनाइ खत्रीका विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी बिहीबार बिहानै जिल्ला अदालत माेरङमा अात्मसमर्पण गरेका हुन् । उनी अहिले अदालतकाे नियन्त्रणमा रहेकाे बताइएकाे छ ।

बिहान साढे १० बजे खत्रीका कानुनी सहयाेगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत हाजिर भएका हुन्। अदालतकाे नियन्त्रणमा रहेका खत्रीसँग अाज बयान लिने तयारी छ।

सुन तस्करीकाे अनुसन्धान गर्न बनेकाे टाेलीले खत्रीलाइ झिकाउन प्रहरी प्रधान कार्यालयलाइ पत्राचार गरेपिछ उनी फरार थिए। वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय माेरंगले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध मुद्दा अदालतमा दर्ता गरेकाे थियाे। प्रहरीले देशभर रहेका अाफ्ना प्रहरी युनिट र अन्तरार्ष्ट्रिय प्रहरी संगठन इन्टरपाेलकाे सहयाेगमा खत्रीकाे खाेजी गरिरहेकाे थियाे।

तस्कर गाेरेले अदालतकाे बयानमा एसएसपी खत्रीसँग मिलेर सुन भित्र्याएकाे उल्लेख गरेका छन्।

Loading...