पहिलो पटक उत्तरकोरियाली नेता अमेरिका पुगे, अमेरिकी विदेशमन्त्रीबीच

काठमाडाैं, १७ जेठ । उत्तर कोरियाली शासक किम जोङ उनको ‘दाहिने हात’ मानिने जनरल किम योङ चोलले न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गरेका छन्। अमेरिका र उत्तर कोरियाबीच आगामी शिखरवार्ताको तयारीबारे छलफल गर्न जनरल किम बुधबार बेइजिङ हुँदै अमेरिका पुगेका हुन्।

बिहीबार पुनः पोम्पेओ र जनरल किमबीच भेट हुनेछ । आगामी जुन १२ मा सिंगापुरमा किम–ट्रम्प शिखरवार्ता हुने बताइएको छ।

पछिल्लो समय उत्तर कोरियामा लिबिया मोडेलको आणविक निशस्त्रीकरण गर्ने अमेरिकी अधिकारीहरुको अभिव्यक्तिपछि केही हदसम्म कूटनीतिक अवरोध सिर्जना भएको थियो । यसअघि ट्रम्पले सिंगापुर शिखरवार्ता रद्द भएको घोषणा गरेर पुनः पूर्वनिर्धारित समयमै वार्ता हुने बताएका थिए।

यसबाहेक सो शिखरवार्तालाई सफल बनाउन उत्तर र दक्षिण कोरियाली सीमा तथा सिंगापुरमा समेत विभिन्न पक्षबीच वार्ता भइरहेको छ । उता रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोव पनि प्योङयाङ पुगेका छन्। त्यसअघि उनले बुधबार पोम्पेओसँग फोनमा वार्ता गरेका थिए।

Loading...