एएफसी महिला फुटबल च्याम्पियनसिपको समूह ई का खेल नेपालले आयोजना गर्ने

काठमाडौँ । १६ वर्षमुनिको एएफसी महिला फुटबल च्याम्पियनसिपको छनौट चरण अन्तर्गत नेपालले समूह ई अन्तर्गत खेल आयोजना गर्ने भएको छ । नेपालसहित एसियाका ३० देशले प्रतियोगिताको अर्को चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।

३० देशलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच पाँच देश छन् । नेपालले आफू रहेको समूह ई का खेल गर्ने भएको हो । यो समूहमा नेपालसहित फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया रहेका छन् ।

छनौट चरणबाट ६ समूहका ८ टोली दोस्रो चरणमा पुग्नेछन् । छनौट भएका ८ टाखेलीलाई दुई समूहमा विभाजन गरिने र त्यसमा समूहका शीर्ष २ टोली अर्को वर्ष हुने फाइनलका लागि छनौट हुने छन् ।

अघिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानलेसोझै फाइनल चरणमा प्रवेश पाइसकेका छन् ।

यो चरणको छनौटमा समूहका सबै टोलीले एकअर्काको सामना गर्नेछन् । पहिलो चरणका खेल सेप्टेम्बर १५ देखि २३ सम्म हुनेछन् । दोस्रो चरणको छनौट सन् २०१९ को फेब्रुअरी २३ देखि मार्च ३ सम्म हुनेछ ।

कुन समूहमा कुन कुन देश ?

समूह ए

चीन
उज्वेकिस्तान
जोर्डन
गुआम
श्रीलंका

समूह बी

लाओस
भारत
हङकङ
पाकिस्तान
मंगोलिया

समूह सी

थाइल्याण्ड
इरान
नर्दन मारियाना आइल्याण्डस्
सिंगापुर
ताजकिस्तान

समूह डी

अस्ट्रेलिया
चाइनिज ताइपेइ
कीर्गिस्तान
प्यालेस्टाइन
इन्डानेसिया

समूह ई

नेपाल
फिलिपिन्स
म्यानमार
मलेसिया
सिरिया

समूह एफ

बंगलादेश
भियतनाम
युएई
बहराइन
लेबनान

यसैगरी बुधबार निकालिएको १९ वर्षमुनिको एएफसी महिला फुटबल प्रतियोगिताको छनौटमा नेपालले समूह ‘बी’ मा परेको छ । यो समूहमा थाइल्याण्ड, भारत, पाकिस्तान र सिंगापुर रहेका छन् ।

आउँदो अक्टोबरमा हुने छनौट चरणका खेल थाइल्याण्डमा हुनेछन् ।

Loading...