गोली हानेर हत्या गरिएका पत्रकार २४ घण्टामा जब दुरुस्तै घर फर्किए

काठमाडाैं । रुसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको थियो ।

मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो ।

त्यसमा भनिएको थियो कि उनी श्रीमतीले गोलीको आवाज सुनेर जब आफ्नो फ्ल्याटबाट बाहिर आइन् अर्काडी बबचेन्को रक्तामे अवस्था थिए । र एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।

युक्रेनले रुसले उनको हत्या गरेको आरोप लगाएको थियो । तर हत्या भएको २४ घण्टापछि पत्रकार अर्काडी बबचेन्कोे एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भए, त्यसपछि हत्या भएको खबर झुठो रहेको खुल्यो ।

रुसी एजेन्टहरुको भण्डाफोर गर्नका लागि अर्काडी बबचेन्को हत्या भएको झुठो खबर फैलाएको युक्रेनले दाबी गरेको छ ।

अर्काडी बबचेन्कोे हत्याका लागि तैनाथ रहेका आक्रमणकारीलाई पक्राउ गर्नका लागि आफूहरुले चलाएको यो ठूलो स्टिंग अपरेशन रहेको युक्रेनको सुरक्षा सेवाका प्रमुख वसिल ह्ट्सेकले बताएका छन् ।

रुसी सुरक्षाबलले अर्काडी बबचेन्कोे हत्याका लागि युक्रेनका एक व्यक्तिलाई तयारी अवस्थामा राखेको उनको भनाई छ ।

सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी विमानको बारेमा लेखेपछि आफूले ज्यान मार्ने धम्की पाएको र त्यसपछि रुस छोडेको अर्काडी बबचेन्को बताएका थिए । उनी पहिले चेक गणतन्त्रको प्राग गएका थिए, त्यसपछि मात्रै किएभ आएका हुन् ।

उनले रुस सरकारको आलोचना गर्दै आएका छन् । पूर्व युद्ध रिपोर्टर बबचेन्कोले किएभमा युक्रेनको टेलिभिजन च्यानल एटिआर टिभीमा प्रस्तोताको रुपमा काम गर्दै आएका छन् ।

याे समाचार पनि पढ्नुहाेस्

युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या

Loading...