किम जोङसँग वार्ता हुन सक्छः ट्रम्प

काठमाडौ, १२ जेठ ।

उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता रद्द गरेको अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् । बोलीमा ठेगान नभएको नेता भनेर चिनिएका ट्रम्पले फेरि त्यसलाई पुष्टि गर्दै उनसँग वार्ता हुन सक्ने बताए ।

ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै जुन १२ मै शिखर वार्ता हुन पनि सक्ने बताएका छन् । उनले उत्तर कोरियाली पक्षबीच अमेरिकाका कुरा भइरहेको समेत बताए ।

“अब के हुन्छ भनी हामी हेर्दैछौँ । अहिले हामी उत्तर कोरियासँग छलफल गर्दैछौँ। हेरौँ अब के हुन्छ। जुन १२ मै पनि शिखर बैठक हुन सक्छ” ट्रम्पले भने । उनले उत्तर कोरियाको विज्ञप्तिको प्रसंशा पनि गरेका छन् ।

उत्तर कोरियाका उपविदेशमन्त्री विज्ञप्ति जारी गरोर आफूहरु अमेरिकासँग कुनै पनि समय र कुनै पनि प्रकारमा कुरा गर्न तयार रहेका थिए ।उत्तर कोरियासँगको वार्ता रद्द गरेपछि दक्षिण कोरियाले खेद ब्यक्त गनुृको साथै विश्वभर ट्रम्पको आलोचना भाएको थियो ।

Loading...