धरहरा क्षेत्र खाली गर्न महानगरले जारि गर्यो २४ घन्टे अल्टिमेटम

नमाने हटाउदा लाग्ने सम्पूर्ण खर्च समेत असुल गरिने

    

 

जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शुक्रबार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा भत्काएको छ ।  प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा रहेका सबै संरचना हटाउन महानगरलाइ निर्देशन दिएको थियो ।
महानगले २०७५ /२ /११ को निर्णय गरे अनुशार धरहरा लिजमा लिएर संचालन गरेका कम्पनि साइड वाकर्स ट्रेड्स प्रा. लि लाई सम्झौता बमोजिम २०७२ बैसाख १२ को बिनाशकारी भुकम्पले द्व्स्त भएको हुदा उक्त सम्झौता पूर्ण रुपमा स्वत समाप्त भएको बताएको छ ।
बिनाप्रतिस्पर्धा महानगर परिषद्को स्वीकृति बेगर २०६१ /बैशाख ३१ गते २० बर्षका लागि धरहरा संचालन तथा संरचनाको जिम्मा निजि कंपनी साइड वाकर्सलाई दिएको थियो । धरहरा भत्कीसके पश्चात सो क्षेत्र भित्र म म पसल सहित रेस्टुरा ,बुटिक , र फेन्सी पसलहरु संचालनमा रहदै आएको छ । कम्पनीले सम्झौता मिचेर धरहरालाइ ‘ कमाई खाने भाडो ‘ बनाउदै आएको स्थानिएको भनाइ रहदै आएको छ ।

केहि संरचना माथि डोजर लगाई भत्किएको सो क्षेत्रमा महानगरले ब्बसायीक प्रयोजका पसल तथा रेस्टुरा सहित सम्पूर्ण भौतिक संरचनाहरु २४ घण्टा भित्र पसलका समानहरु खाली गर्न सरोकावालाका नाममा सुचना पुर्जी टाँस गर्दै नगरेको खण्डमा महानगरले स्वयं सामानहरु हटाइने र हटाउदा लाग्ने सम्पूर्ण खर्च समेत असुल गरिने बताएको छ ।

Loading...