प्रचण्डका ८७ पोलिटब्यूरो सदस्य नयाँ पार्टी खोल्दै, हेर्नुहोस विद्रोह गर्नेको नामावली

काठमाडौं, १२ जेठ । पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् ।

उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको, जनयुद्धको बलिदानीलाई अपमान गरिएको, इमान्दार र क्रियाशिल कार्यकर्ताहरुको अपमूल्यान गरेको, संगठनमा एमाले हावी भएको जस्ता विषयमा असहमति जनाएका छन् ।

काठमाडौँमा भएको गोप्य भेलामा ८७ पोलिट्ब्यूरो सदस्यहरु उपस्थिति थिए । पहिलो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई भेटेर कुरा राख्ने भेलाले निर्णय गरेको थियो ।

आफ्ना कुराका सुनुवाई नभए कठोर कमद चाल्न पनि तयार रहने उनीहरुबीच सहमति भएको छ । भेलाको निर्णय बुझाइसकेको दाहाललाई बुझाइसकेको बताइएको छ ।

एमालेसँगको पार्टी एकतामा फरक मत राख्ने पोलिट्ब्यूरो सदस्यहरुमा मुकसामहाङ मेन्याङबो, झलक सिंह दर्लामी, श्रीप्रसाद जबेगु, बालकृष्ण ढुंगेल, ध्रुब बुढाथोकी, कुलप्रसाद साँवा, मोहन खत्री, बाबुराम गौतम, विजय साम्पाङ, विशाल कार्की, डम्बर सुवेदी, मोहन खड्का, राजु अचार्य, नरबहादुर दुलाल, योगेन्द्र मण्डल, होमकुमारी खापुङ, दुर्गा राइ, शंखर राई, गणेश उप्रेती, सुशीला कन्दङवा, खेम सुन्दास, रिपुप्रसाद राई, टेकमान उदय राई, क्षेत्रबहादुर श्रेष्ठ, रामचन्द्र मण्डल, उपेश यादव, दिलिप शाह, रामसिंह यादव, सत्यनारायण भगत, अशोक जैसवाल, देवेन्द्र पराजुली, सोनामलाल साह, सुनिता यादव, तपेश्वर राय चौधरी, सूर्यमान दोङ, रामचन्द्र शर्मा, रमेश मल्ल, चित्रबहादुर श्रेष्ठ, निरु दर्लामी, गणेश रेग्मी रहेका छन् ।

त्यसैगरी रुद्रबहादुर हाडा, धावा सारु, राजकुमार श्रेष्ठ, दीनानाथ गौतम, प्रकाश गौतम, तेजबहादुर मिजार, मीना तामाङ रुकु चौलागाइँ, कान्छामान तामाङ, देवेन्द्र श्रेष्ठ, कुलबहादुर मोक्तान, रक्तिम लामा, गोविन्दबहादुर बटाला, कृष्णा भुजेल, रामचन्द्र ठाडा मगर, शंखर लामा, गोविन्द राई, मदन तामाङ, राकेशकुमार लामा, शैलेन्द्र घिमिरे, दीपक कोइराला, भक्त रसाइली, इन्द्रप्रसाद खरेल, सुदर्शन बराल रहेका छन् ।

त्यस्तै टीकाविक्रम हमाल, प्रकाश सुवेदी, अशोक रोकाया,चन्द्र खड्का, सीता पौडेल, ओमप्रकाश केसी, धनजित शाही, विष्णुबहादुर विक, लक्ष्मीप्रसाद चौलागाइँ, नेवबहादुर कुँवर, युवराज आचार्य, नरबहादुर विष्ट, टेकेन्द्र भट्ट, हरि चौधरी, मनबहादुर सिंह, दुर्गाबहादुर राउत, धर्मेन्द्र राई, रामहरि केसी, मंगलबहादुर शाही, जीवन खड्का र पुकवीर रानाले असहति जनाएका छन् ।

स्रोतका अनुसार यो विषयमा दाहालले एक नम्बर अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । दुबै अध्यक्षबीच उनीहरुको कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भएको छ । आफ्नैले नयाँ पार्टीको चुनौति दिएपछि दाहाल तनावमा पुगेको बताइएको छ ।

Loading...