दरबारमार्ग सामूहिक बलात्कार प्रकरणः युवतीका प्रेमी जेल चलान

काठमाडौं, ९ जेठ ।

चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए ।

कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको जनाइएको छ ।

घटनामा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेल अझै फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।

Loading...