अमेरिकाले नयाँ सर्त राखेपछि भाँडिदै वार्ता, क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा बस्न किमको निर्देशन

काठमाडौं, ९ जेठ । अमेरिका र उत्तर कोरियाबीचको वार्ता हुने भन्दा नहुनेतिर अगाडि बढेको छ । सुरुमा विना सर्त वार्तामा बस्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा आएर नयाँ सर्त अगाडि सारेका छन् ।

अमेरिकाले परमाणु हितयार नष्ट गर्न उत्तर कोरियालाई दवाव दिइरहेको छ । ट्रम्पले उत्तर कोरियाले हतियार नष्ट नगरेसम्म वार्ता नगर्ने संकेत गरेसँगै उत्तर कोरिया आफ्नो तयारीमा लागेको बताइएको छ ।

उत्तर कोरियासँगको वार्ताबारेमा छलफल गर्न अमेरिका पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग ह्वाइट हाउसमा कुरा गर्दै ट्रम्पले निर्धारित समयमा वार्ता नहुन सक्ने बताएका छन् । छलफलको क्रममा ट्रम्पले शिखर वार्ता केही ढिलाई हुन सक्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यसअघि उत्तर कोरियाले पनि अमेरिकाले सैन्य गतिविधि जारी राखे र परमाणु हतियार नष्ट गर्ने सर्त राखे वार्ता रद्द गर्ने चेतावनी दिएको थियो ।

अमेरिकाले उत्तर कोरियालाई परमाणु हतियार नष्ट गर्न दवाव जारी राखेसँगै वार्ता अन्यौलमा परेको छ । योसँगै उत्तर कोरियाको नेता किम जोङ उनले कुनै बेला पनि आणविक कार्यक्रम सुरु गर्नुपर्ने अवस्था आउने भन्दै वैज्ञानिक र सेनालाई तयारीमा बस्ने निर्देशन दिएको बताइएको छ ।

आगामी जुन १२ मा सिंगापुरमा ट्रम्प र नेता उनबीच वार्ता गर्ने टुंगो लागेको थियो ।

Loading...