सुनसरीका जिल्ला शिक्षा अधिकारीको यस्तो लाजमर्दो हर्कत !

काठमाडौं, ९ जेठ ।

सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखेको छ । उनले यस्तो लाजमर्दो अपराध गरेपछि त्यस जिल्लाका अन्य शिक्षकहरु समेत लाजले भुतुक्कै भएको छ ।

Loading...