राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिने

काठमाडौं, ९ जेठ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारतको नयाँ दिल्ली लगिने छ । आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई उपचार गर्न भारत लैजान लागिएको हो । उनको अहिले ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

अस्पतालले नै भारतको मेदान्त अस्पतालमा लैजान सुझाव दिएकाले आज साँझ त्यसतर्फ लगिने पारिवारिक स्रोतले जनाएको छ । गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका छन् ।

उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताएका छन् । उनकोे मुटु, मिर्गौला र फोक्सोमा पनि समस्या देखिएको छ ।

Loading...