घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी पक्राउ

काठमाडौं, ९ जेठ ।

जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ भन्दै घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । घुस दिने विद्यालय र प्रअको नाम गोप्य राखिएको छ ।

Loading...