अन्डरलार्इन नेकपामा को को परे केन्द्रीय समितिमा हेर्नुहोस सूची

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइनको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो ।

एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । अब स्थायी कमिटी बन्न मात्रै बाँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ ।

पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।

हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।

४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् ।

६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् । यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ ।

हेर्नुहोस् लिस्ट

 
 
Loading...