यसरी पक्राउ परेका रहेछन गोरे, खुल्यो नयाँ रहस्य

काठमाडौं, ८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो । यसअघि गाेरेलार्इ पक्राउ गरिएका बारे फरक फरक कुरा बाहिर अाएका थिए । कसैले उनलार्इ नयाँ दिल्लीबाट पक्राउ गरेकाे भनेका थिए भने कसैले उनलाई नेपाल-भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको बताईएका थिए । स्राेतका अनुसार गाेरे र उनकाे परिवार पछिल्लाे समय निकै डराएका थिए । इन्काउन्टरका नाममा मारिन सक्ने डरले उनले अाफ्नाे गिरफ्तारी काठमाडाैंमै दिने तयारी स्वरुप काठमाडाैंमा अाएकाे पनि बताइएकाे छ । गाेरेका पिताले याे काण्ड बाहिर अाएदेखि नै निरन्तर कहिले पत्रकार, कहिले मानव अधिकारकर्मी त कहिले सुरक्षा निकायसँगै गाेरेकाे जीवनरक्षाका लागि कुरा उठाउँदै अाएका थिए । उनले नेपाल मानव अधिकार संगठन लगायतका केही मानव अधिकार संगठनमा गाेरेकाे जीवन रक्षाकाे माग गर्दै अदालतसामु अात्मसमर्पण गर्न पाउ भन्ने निवेदन पनि बनाएर पेश गरेका थिए । गाेरेलार्इ पछिल्लाे समय सबैभन्दा बढी खतरा सुन तस्करीसँग जाेडिएका अन्य मान्छेहरु नै भएकाे देखिएकाे छ । सुन तस्करीमा जाेडिएकाहरुले सबै दाेष गाेरेकै टाउकाेेमा हालेका छन् । त्यसाे हुँदा अरु सबै जाेगिनका लागि अाफूलार्इ हत्या गरिन सक्ने भन्दै गाेरेले एक भिडियाे सन्देश पनि सार्वजनिक गरेका थिए । उनले सबैभन्दा बढी डर प्रहरी भित्रैबाट रहेकाे उनका पारिवारिक स्राेतबाट थाहा हुन्छ । प्रहरीभित्रकाे ठूलाे जालाे उनकाे गिरफ्तारीपछि खुल्ने देखिएकाे र यसअघि नै गिरफ्तार परेका प्रहरीका अधिकारीले समेत सबै गाेरेकाे टाउकाेमा हालेर अाफू उम्कने दाउ खाेजेका देखिन्छ । त्यसका लागि गाेरेलार्इ हत्या गरेपछि सबै कुरा इतिहासकाे गर्भमै रहने भएका कारण तस्करीमा सम्लग्न प्रहरीले नै उनकाे हत्या गर्न सक्ने अनुमान गाेरे र उनका परिवारले गरेकाे बताइन्छ ।

मोरङ उर्लाबारी–४ का गोरे फरार अभियुक्त रहेका कारण मंगलबारै चाँडो भन्दा चाँडो मोरङ जिल्ला अदालतमा पुराइने पौडेलले बताए । तीन दिनदेखि कार्यालय बाहिर रहेर अनुसन्धान र सोधपुछ गरी पक्राउ गरिएको उनले बताए ।

घटनामा नयाँ सूचना र तथ्यसमेत फेला परेको बताएका पौडेलले यो प्रकरण ‘जेरी’ जस्तो जेलिएको बताए । उनका अनुसार ६५ जना अभियुक्तमा ३२ जना फरार छन् । अन्यमाथि थुनछेक बहस जारी छ ।

तस्करी गरी ल्याएको साढे ३३ किलो सुन हराएपछि हत्या गरिएका सनम शाक्यको शव लुकाउन नसकेपछि यो प्रकरण बाहिर आएको थियो । छानविन समितिको सक्रियतामा सन् २०१५ देखि विमानस्थलमा भएको ३८ क्विन्टल सुन तस्करीमा गोरेलगायतको संलग्नता पुष्टि भई अभियोगपत्र जिल्ला अदालत मोरङमा दर्ता छ ।

मुद्दाका विषयमा थुनछेक बहस जारी रहेका बेला मुख्य अभियुक्त नै पक्राउ गरेपछि तस्करीको नालीबेली पत्ता लाग्ने छानविन समितिको ठहर छ । गोरे पक्राउ गरिए पनि सुन तस्करीमा साथ दिने प्रहरी अधिकारी श्याम खत्रीलगायत अन्य फरार छन् ।

गोरे पक्राउ गरिए पनि मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालसहित अन्य फरार छन् । यस्तै लगानीकर्ता भनिएका गोरेकी पत्नी नवर्दा खरेल निरू र प्रेमिका रक्षा भण्डारी पनि फरार रहेका छन् ।

छानबिन टोलीले सबै अभियुक्तको खोजी भइरहेको जनाएको छ । जेठ मसान्तसम्म समय रहेका कारण यस अवधिमा धेरैलाई पक्राउ गरी मोरङ अदालतमा जिम्मा लगाइने समितिका अधिकारीले जनाएका छन् ।

को हुन् गोल्ड डन भनिने गोरे ?

मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ। नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए।

मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए। सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो।

केही समयपछि गोरे नेपाल फर्किए। उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए।

स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए। लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै पनि आएका थिए।

 

०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए। उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ।

सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।

उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो। स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो। ‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो।

तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो।

फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए। उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो।

सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो। प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए।

हेर्नुहोस् भिडियो

Loading...