धादिङको इँटा भट्टामाथि बम बिस्फोट, यस्तो छ क्षतिको बिबरण

धादिङ, ८ जेठ  ।

धादिङको धुनीबेसी नगरपालिका जीवनपुरमा रहेको इँटा भट्टामा अज्ञात समुहले बम विस्फोट गराएका छन् । सोमबार भएको उक्त विस्फोटबाट इँटा उद्योगमा ६ लाख भन्दा बढी क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टर लगायतको सामग्रीमा क्षति छ ।

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यसअघि त्यहाँ काम गर्ने मजदुरहरु माथि उक्त उद्योगले शोषण गर्दै आएको पिडितकाे गुनासाे अाइरहेकाे थियाे ।

पिडितहरु नै उक्त बिस्फोट गराएको हुन् सक्ने स्थानीयको भनाई छ ।

Loading...