राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य गम्भीर, थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, ७ जेठ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उमेरका कारण उनलाई तीन महिना अघि मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । यद्यपी १५ दिन देखि दिसामा रगतको मात्रा देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

नेपालमा भएका सबै प्रविधि प्रयोग गरेर उपचार गर्दा पनि दिसामा रगतको मात्रा किन नरोकिएको हो भन्ने पत्ता लाग्न नसकेपछि उनलाई उपचारका लागि भारत लगिने तयारी भएको हो ।

उनकी छोरी डा। किरण रेग्मीले दिएको जानकारी अनुसार दिसामा रगतको मात्रा देखिएको कारण पत्ता लाग्न नसकेकाले बाहिर लाने तयारी गरिएको हो । यद्यपी भारत नै लाने कि अन्तै लाने भन्ने निर्णय भइसकेको र कहिले लाने भन्ने पनि निश्चित नभइसकेको डा।रेग्मीले जानकारी दिइन् ।

Loading...